Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

वालमैत्री घोषणाका लागि ३ दिने कार्यशाला

  • उपहार न्यूज
  • बिहिबार, साउन २५ २०८०
वालमैत्री घोषणाका लागि ३ दिने कार्यशाला

शंकर रिखाम मगर

उदयपुर, साउन २३

उदयपुरको त्रीयुगा नगरपालिका, ३ मोतिगडा स्थित होटल “इम्पाएर इन” मा वालमैत्री स्थानिय शासन सम्वन्धी ३ दिने सार्यशाला सम्पन्न । रौतामाइ, ताप्ली र लिमचुङवुङ्ग गाउँपालिका पालिका प्रमुख प्रशासकिय अधिकृत सहित पालिका स्तरका अध्यक्ष, उपाध्यक्ष, लगाएत वडाका वडा अध्यक्ष,वडा सचिव विद्यालयका शिक्षक, शिक्षिका र पालिका स्तरीय बाल संजाल तथा वडा स्तरका बाल संजालका प्रतिनिधिहरु गरि ३ गाउँपालिकावाट ११ महिला र २६ पुरुष गरि ३७ जनाले सहभागिता जनाएकाथिए । वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र जाल्पा एकीकृत विकास समाज उदयपुरको साझेदारीमा आयोजित उक्त कार्यशालामा वालमैत्री वडा घोषणाको लागि नेपाल सरकारले तोकिएको विभिन्न सुचक र प्रकृया लगाएत पालिका स्तरमा हुनु पर्ने वालवालिका लागि लगानी योजना तथा वाल प्रोफाइल तयारिको वारेमा काठमाण्डौका प्रशिक्षक हरिवोल आचार्यले सहजिकरण गरेकाथिए । उक्त कार्यशालामा पालिका लगाएत वडाले गरिनु पर्ने वालमैत्री घोषणाका लागि गाउँपालिका अध्यक्ष ढुङ्गराज विस्वम्कर्मा र रौतामाइ गाउँपालिकाका उपाध्यक्ष भुपिन्द्रवहादुर थापाले एकैसाथ प्रतिवद्धता कार्य प्रस्तुती गरेकाथिए । उदयपुरको ताप्ली गाउँपालिकामा यो वर्ष ३ वटा वडा वालमैत्री घोषणा गर्ने र अर्को साल वाकी २ वडा वालमैत्री घोषणा गर्ने र पालिकालाइ नै वालमैत्री पालिका घोषणा गर्ने प्रतिवद्धाता जाहेर गर्दै सम्पुर्ण सहयोगी निकाय लगायत वडाहरुलाइ पनि अगाडि वढ्न ताप्ली गापा अध्यक्ष विस्वकर्माले अनुरोध गरेकाछ्न । उक्त कार्यशालामा वर्ल्ड भिजन इन्टरनेशनल नेपालका प्रतिनिधि आनन्द खड्काको उपस्थितिमा जाल्पा एकीकृत विकास समाज उदयपुरका कार्यक्रम अधिकृत गेशवहादुर मगरले समापन गरे ।

Last updated:2023 Aug 10 Thursday 14:08:53

प्रतिक्रिया
सम्बन्धित समाचार