उपहार न्यूज
गाईघाट असार ३१
मिस एसईई सुनसरी २०२३ को उपाधि नुमा लिम्बुले हात पार्न सफल भएकी छिन् । ड्रिम एम प्रोडक्शन प्रा.लि धरानले आयोजना गरेको मिस एसईई सुनसरीको शनिवार सम्पन्न फाइनलमा अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै नुमाले मिस एसईई २०२३ को ताम पहिरन सफल भएकी हुन् ।
मिस एसईई २०२३ को फस्ट रनरअपमा कुन्जु राई, सेकेण्ड रनरअपमा प्राप्ती साह, थर्ड रनरअपमा आस्था श्रेष्ठ र अर्गनाईज च्वाईस अवार्ड रिया विश्वकर्माले हात पार्न सफल भईन् ।
एसईई दिएर बसेका किशोरीहरुको सौन्दर्य तथा प्रतिभा समेतको आधारमा आयोजना गरिएको उक्त प्रतियोगीताम आयोजकले विभिन्न विधामा सब टाइटल बिजेताको रुपमा समेत पुरस्कृत गरेको छ ।
बिजेतालाई नगद ३० हजार, उप बिजेतालाई १० हजार, ५ हजार साथै प्लस टु छात्रवृत्ति उद्घोषण तालिम, डान्स क्लसहरुको अफर प्राप्त गरेको आयोजक ड्रिम प्रोडक्सशनका मेरिना तुम्सा लिम्बुले जानकारी दिनु भयो । प्रतियोगीतामा मिस्टर नेपाल वल्र्ड २०२२ का बिजेता नुतन श्रेष्ठ, मिस लिम्बु इन्टरनेशनल २०२३ का भिनुमा फिम लिम्बु, मिस सुपनर नेशनल रनरअप मिस पूर्वेली सुपर मोडल सुनिमा खापुङ लिम्बु, मोडेल कलाकार तथा मिस्टर भ्याली २००७ वेष्ट स्माईल बिजेता दिनेश कोइराला र मिस कोसी १९९८ का कृति श्रेष्ठले प्रतियोगीतामा निर्णायकको भुमिका निभाएका थिए । प्रतियोगीहरुलाई मिस स्टेट स्वेता भुजेलले अफिसियल कोरियोग्राफ गरेका थिए । टाइटल बिजेता तथा सब टाइटल बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगर पालिकाका नगर उपप्रमुख आइन्द्र बिक्रम वेघा लगायतका अतिथिहरुले पुरस्कृत गर्नु भएको थियो ।




