उपहार न्यूज
गाईघाट असार २५
उदयपुरको चौदण्डिगढी नगरपालिका वडा नम्बर ९ का स्थानियहरुले आफ्नै वडाका वडाअध्यक्ष र उनी मातहतका व्यक्तिहरुबाट आफुहरु असुरक्षित भएको भन्दै सुरक्षाको माग राखेका छन् । सोमबार उदयपुरको बेल्टारमा स्थानिय संचारकर्मीहरु संग आफुहरु वडाअध्यक्ष प्रकास कुमार राउत र उनका नजिकका व्यक्तिहरुबाट असुरक्षित भएको बताएका छन् ।
असार २२ गते चौनपा ९ अजगरामा स्थानि खोलाबाट ढुंगा गिटि बालुवा उत्खन्न गर्ने क्रममा स्थानियले अवरोध गरेका थिए । स्थानियले ढुंगा गिटि उत्खन्न गर्न अबरोध गरे पछि अबरोध गर्ने माथि वडाअध्यक्ष राउतले अपशब्दको प्रयोग गर्दै स्थानिय सुनिता प्रधान माथि हातपात गरेका थिए ।
वडाअध्यक्ष राउतले प्रधान माथि हातपात गर्दै स्थानियलाई ज्यान मार्ने सम्मको धम्की दिएको भन्दै सुनिता प्रधान सहित स्थानिय सुर्य बहादुर बिष्ट, सुनिल कार्की, निर बहादुर कार्की र पाँचु चौधरीले शनिवार इलाका प्रहरी कार्यालय बेल्टारमा कारवाहिको माग राख्दै उजुरी दर्ता गराएका थिए ।
स्थानिय र वडाअध्यक्ष विचको घटना भिडियो सामाजिक संजालमा आए संगै उजुरीको आधारमा वडाअध्यक्ष राउतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । यता वडाअध्यक्ष राउतलाई प्रहरीले नियन्त्रणमा लिए पछि आईतबार साझ सुनिता प्रधानलाई स्थानिय चुना खड्का सहितका महिलाहरुले प्रकास राउतलाई किन उजुरी गरेको भन्दै कुटपिटको प्रयास गरेको प्रत्यक्षदर्षी सुनिल कार्कीले बताए ।