Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

एसईईमा उत्कृष्टलाई ताप्ली गाउँपालिकाद्धारा पुरस्कृत

  • उपहार न्यूज
  • सोमबार, असार २५ २०८०
एसईईमा उत्कृष्टलाई ताप्ली गाउँपालिकाद्धारा पुरस्कृत

ठविन्द्र मगर
ताप्ली असार २५
ताप्ली गाउँपालिका उदयपुरले शैक्षिक शत्र २०७९/०८० को एसईई परिक्षामा उत्कृष्ट हुने विद्यार्थी र बिद्यालयलाई सम्मन गरेको छ । शिक्षा,युवा तथा खेलकुद विकास शाखाले आयोजनामा ताप्ली गाउँ पालिकाले उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीलाई सम्मान गरेको हो । यसरी पुरस्कृत हुनेहरुमा महेन्द्र रत्न मा.बि रुपाटारका छात्रा समीक्षा थापाले ३.५५जिपिए प्राप्त गरि गाउँपालिकाकै उत्कृष्ट बन्न सफल भएका हुन । समीक्षा थापालाई गाउँपालिकाले नगद तीस हजार रुपैया र प्रसंशा पत्र प्रदान गरि सम्मान गरिएको हो । थापाका अभिभावक र बिद्यालयलाई समेत प्रशंसा पत्र प्रदान गरि सम्मान गरिएको छ । सम्मान कार्यक्रममा आफ्ना भनाई राख्दै समीक्षा थापाले आफ्नो मिहेनत र परिश्रम र अभिभावक र बिद्यालयका गुरुहरुको शैक्षिक योगदानले यहाँसम्म आउन सफल भएका बताए ।
उनले अवको लक्ष्य प्राबिधिक शिक्षा तर्फ बिषय लिएर पढ्ने ईच्छा भएको बताए । उनका अभिभावक कृष्णहरि थापाले छोरीले उत्कृष्ट अङक प्राप्त गरेर एसईई पास भएको खुशी व्यक्त गर्दै छोरिको लगनशिलता पढाई प्रतिको रुचिलाई देख्दा स्वास्थ्य तथा अन्य प्राबिधिक शिक्षानै लिएर अगाडि बढ्न सक्ने महशुस गरेको र पारिवारिक आर्थिक अवस्थाले छोरिको लक्ष्यलाई पूर्णता दिन नसक्ने डर रहेको बताएका थिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष ढुङ्गराज बिश्वकर्मा ले उत्कृष्ट हुने छात्रालाई शुभकामना दिनुहुदै प्राबिधिक धारतर्फ अध्यायन गर्न चाहने बिद्यार्थीहरुको लागि गाउँपालिकाले नियमित बजेटको समेत व्यवाथा गरिएको बताउनु भयो ।
गाउँपालिकाको हरेक बिद्यालयबाट मिहेनत र लगनशिल विधार्थी उत्पादन गर्नमा आफ्ना अभिभावक र बिद्यालयको शिक्षकको ठूलो भुमिका हुने भएकोले शिक्षक आफ्नो पेशाप्रती सदैव सकृय रहनु पर्ने बताउनु भयो । गाउँपालिका उपाध्यक्ष धनम मगरले गाउँपालिकाले पालिका भित्र शिक्षाको गुणस्तर बढाउनका लागि विभिन्न कार्यक्रम गरिरहेको बताउनु भयो । उहाँले पालिकाले गरिब तथा जेहेन्दार विद्यार्थीलाई एमविविएस पढ्नका लागि छात्रवृत्ति समेत प्रदान गर्ने तयारी रहेको बताउनु भयो । कार्यक्रममा जिला समन्वय समितिका उपाध्यक्ष तेज प्रसाद गिरि, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर राई लगायत विभिन्न राजनिक दलका प्रतिनिधिहरु,शिक्षक र अन्य कर्मचारिहरुको उपस्थिती रहेको थियो ।

Last updated:2023 Jul 10 Monday 13:14:49

प्रतिक्रिया
सम्बन्धित समाचार