उपहार न्यूज
उदयपुर असार १९
सवारी दुर्घटनाबाट उदयपुरमा पछिल्लो एक बर्षमा ३४ जना मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । मंगलबारबाट सुरु भएको ट्राफिक सप्ताहको अबसरमा सार्वजनिक गरिएको तथ्यांक अनुसार असार १७ गते सम्मको विवरण अनुसार हाल सम्म १ सय ७७ सवारी दुर्घटनाबाट ३४ जनाको मृत्यु भएको हो ।
२३० सवारी संलग्न रहेको हाल सम्मको दुर्घटनामा २८ पुरुष, ४ महिला १ बालिका र १ बालक सहित ३४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक ज्ञानेन्द्र फुयलले जानकारी दिनु भयो । यता सवारी दुर्घटनाबाट ४८ महिला १४ पुरुष ८ बालक र २ बालिका सहित ७२ जना गम्भीर घाईते भएका छन् । १७१ पुरुष ६७ महिला ७ बालक र १५ बालिका गरी २६० जना सामान्य घाईते भएको तथ्यांक प्रहरीले सार्वजनिक गरेको हो । सवारी संचालनको क्रममा सामान्य तथा गम्भीर गल्तीका कारण सवारी दुर्घटना हुने गरेकाले त्यसको न्यूनीकरण गर्नू पर्नेमा जोड दिईएको छ । यसै विच चालु आर्थिक बर्षको असार १७ गते सम्ममा उदयपुरमा २५ हजार २ सय ८६ सवारी साधनले ट्राफिक नियम उल्लघन गरे वापत एक करोड ७३ लाख ७३ हजार जरिवना स्वरुप राजश्व संकलन गरेको प्रहरीले जनाएको छ ।