शंकर रिखाम मगर-
उदयपुरको मध्य पहाडी उदयपुरगढी गाउँपलिका वडा नम्वर,१ तावाश्री वालमैत्री वडा घोषणा भएकोछ । वर्ल्ड भिजन इन्टरनेशनल नेपाल तथा जाल्पा एकीकृत विकास समाज र हुरेण्डेक उदयपुरको सहयोग तथा उदयपुरगढी, १ को आयोजनामा “बाल अधिकार र संरक्षकणको सम्मान तथा सुनुश्चितता, उदयपुरगढी गाउँपालिका १ तवाश्रीको प्रतिवद्धता” भन्ने मुल नाराका साथ वालमैत्री वडा घोषणा गरिएकोछ । प्रमुख अतिथी तथा अतिथिहरुले पानसमा वत्ती वाल्दै व्यानर वाचन गरि समारोह उद्घाटन गरिएकोथियो । नेपाल सरकारले तोकिए वमिलोजिम बाल वचाउ, बाल सहभागिता, बाल विकास र संस्थागत विकास गरि ४ चरणको ५१ वटा सुचहरु पूरा गर्दै वालमैत्री वडा घोषणा गरिएको जाल्पा एकीकृत विकास समाज उदयपुरका फिल्ड परिचालक केशवकुमार रायामाझिले वताए । वालमैत्री स्थानिय शासन तथा वडा अध्यक्ष दिलवहादुर राना मगरको अध्यक्षतामा घोषणा समारोह सन्चालन गर्दै वालमैत्री घोषणाको लागि वर्षौ अगाडिवाट स्थानिय समाजसेवि तथा वुद्धिजिवी भरत प्रसाद दाहालको मुख्य भुमिका र योगदान रहेको वडा अध्यक्ष मगरले वताउदै दाहाललाइ उच्च सम्मान पनि गरिएकोछ। समारोहमा प्रमुख अतिथी जिल्ला समन्वय समिति उदयपुरका प्रमुख गौरवहादुर विश्वकर्माको उपस्थिती रहेकोथियो भने विशेष अतिथिहरुमा गढी गाउँपालिका अध्यक्ष मानवहादुर केप्छकी मगर, प्रमुख प्रसाशकिय अधिकृत रमेश राई वर्ल्ड भिजन नेपालका विनय आमात्य, प्रमिल अधिकारी, आनन्द खड्का रहेकाथिए भने जाल्पाका अध्यक्ष पुष्पराज पोखरेल, हुरेण्डेकका अध्यक्ष शंकर थापा सहित शिक्षक, शिक्षिका, राजनैतिक दलका प्रतिनिधिहरु, पालिकाको सम्वन्धित शाखाका प्रतिनिधि, स्थानिय वुद्धिजिबी, सर्वसाधारण, वाल क्लव, बाल सन्जालका प्रतिनिधिहरुगरि लगभग ७ सय माथि जनमास उपस्थिती रहेकोथियो । उक्त समारोहमा विभिन्न जातजातिहरुको झाकी, नृत्य साथै चेतना मुलक सडक नाटकहरु प्रदर्शन समेटिएकोथियो । प्रदर्शनको क्रममा झापादेखी आएका गन्धर्व समुहले गानावाट समारोहमा उपस्थिती अतिथिहरुलाइ मन्चमा तताएकाथिए । यस महिनाको तिथि मिति वालवालिकाहरुको लागि अविस्मरणीय र महत्वपुर्ण हुने वताउदै लगातार अन्य वडाहरुलाइ पनि वालमैत्री वडा घोषणा गर्दै पालिका, वडा तथा सहयोगी निकाय अविभावकहरुले साथ दिएमा सिङ्गो पालिका स्तरिय वालमैत्री घोषणा गर्ने उद्देश्यका साथ पालिका स्तरिय बाल संजालका सह सचिव सन्तोष कार्किले शुभकामना मन्तव्यको क्रममा व्यक्त गरे । उक्त वालमैत्री घोषणाको लागि उदयपुरगढी गाउँपालिकाले ६ लाख रुपैयाँ, वडा नम्वर,१ का वडाअध्यक्ष दिलवहादुर राना मगरले वताउदै सहयोगी संस्था जाल्पा एकीकृत विकास समाज र वर्ल्ड भिजन इन्टरनेशन नेपालवाट ४ लाख रुपैयाँ त्यसैगरी हुरेण्डेक उदयपुर १ लाख ५५ हजार रुपैयाँ र उदयपुरगढी गापा वडा नम्वर,१ को ७५ हजार रुपैयाँ गरि जम्म १२ लाख ३० हजार रुपैयाँ व्यव्स्थापन तर्फ खर्च भएको वडा अध्यक्ष मगरले वताए । वडा वालमैत्री समारोह वडा बाल सन्जालका वालक युकेश दाहाल र वालिका लुना कार्किले सन्चालन गरेकाथिए ।