Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

स्वास्थ्यकर्मी माथि भएको दुव्र्यवहारको विरोध

  • उपहार न्यूज
  • मंगलबार, जेष्ठ ९ २०८०
स्वास्थ्यकर्मी माथि भएको दुव्र्यवहारको विरोध

उपहार न्यूज
उदयपुर जेठ ९
उदयपुरको बेल्टार स्थित नगर अस्पतालमा स्वास्थ्यकर्मी माथि भएको दूव्र्यवहारको स्वास्थकर्मी सम्बद्ध विभिन्न संगठनहरुले विज्ञप्ती जारी गर्दै विरोध जनाएका छन् । बेल्टार नगर अस्पतालमा कार्यरत सि.अ.हे.व पाँचौ तहमा कार्यरत मनु तामाङ र ज.स्वा.नि जामुन प्रसाद रजक माथि जेठ ४ गते अस्पतालको ओपिडिमा विरामी जाँच गरिरहेको समयमा दिउसो चौदण्डिगढी नगरपालिका २ का सन्तोष सुवेदी सहितका व्यक्तिहरुले हुलहुज्जत गर्दै दुव्र्यहार गरेको विज्ञप्तीमा उल्लेख छ ।
उनीहरुले कानुनी हवाला दिदै तपाई कुन पदको हो ? पदीय दायित्वले विरामी जाँच्न र प्रिस्क्रिप्सन लेख्न मिल्छ कि मिल्दैन ? जबर्जस्ति बिरामी जाँच्न नदिने हातपातको प्रयास गर्ने अभद्र व्यवहार गर्ने गालि गलौज गर्नै अपशब्द प्रयोग गर्ने लागयत स्वास्थकर्मी माथि दुव्र्यवहार गरेका थिए ।
स्वास्थकर्मी संबद्ध संघ संगठनहरुले घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल कारवाहि गरी स्वास्थ्यकर्मीहरुको सुरक्षाको प्रबन्ध नमिलाएमा देशमरिका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुले ओपिडि बहिष्कार सहित चरणबद्ध आन्दोलनको कार्यक्रम आयोजना गर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
स्वास्थ्कर्मी संबद्ध विभिन्न संघ संगठनहरुले चरणबद्ध रुपमा विज्ञप्ती जारी गर्दै घटनामा संलग्नलाई कारवाहिको माग राखिएको नेपाल स्वास्थ्यकर्मी युनियन कोशी प्रदेश समितिका अध्यक्ष मोहम्मद फिरोज अलीले जानकारी दिनु भयो ।

Last updated:2023 May 23 Tuesday 14:08:42

प्रतिक्रिया
सम्बन्धित समाचार