सौरभ मगर
बैशाख २५ उदयपुर
यस बर्षको माध्यमिक तह (कक्षा १२) को अन्तिम परिक्षामा उदयपुरबाट ५ हजार चार सय ४२ विद्यार्थी सहभागी हुने भएका छन् । परिक्षामा नियमीत तर्फ ४ हजार ३ सय १४, ग्रेडबृद्धि तर्फ १ हजार १ सय २८ जना विद्यार्थी सहभागी हुने राष्ट्रिय परिक्षा बोर्ड शाखा कार्यालय लाहानले जनाएको छ । यस बर्ष एस.एल.सीको परिक्षाको लागि उदयपुरका विभिन्न १६ स्थानमा परिक्षा केन्द्र तोकिएको छ, त्रियुगा नगरपालिकाको त्रियुगा मावि गाईघाट, रामजानकी मावि मोतिडा, त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडा, जनता मावि देउरी, राष्ट्रिय मावि वगाह, ज्योती मावि चुहाडे, अम्बबेर मावि राजाबासलाई केन्द्र तोकिएको छ ।
त्यसैगरी चौदण्डिगढी नगरपालिकामामा नारद आदर्श मावि बसाह, थानपोखरी मावि ज्यामिरे झोर र ज्योती मावि बेल्टारलाई केन्द्र तोकिएको छ । वेलका नगरपालिकामा जनता मावि गुरुङचौरी र कोशी जनता माविलाई केन्द्र तोकिएको छ । कटारी नगरपालिकामा त्रिवेणी मावि र जनता मावि गुरासेलाई केन्द्र तोकिएको छ । रौतामाई गाँउपालिकामा मावि मुकुर्ची रौता, उदयपुरगढी गाउँपालिकामा पंचावती माविलाई परिक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई उदयपुरका प्रमुख बाबुराम पोख्रेलले जानकारी दिनु भयो ।
परिक्षालाई मर्यादित र व्यवस्थित बनाउन अति आवश्यक व्यवस्थापन गरिएको इकाइ प्रमुख पोख्रेलले बताउनु भयो । आगामी जेष्ठ ४ गते सम्म संचालन हुने परिक्षा विहान ८ बजे देखि ११ बजे सम्म संचालन हुने जनाईएको छ ।