Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरको मदन भण्डारी आँखा अस्पतालमा ५१ जनाको निशुल्क आँखा शल्यक्रिया

  • उपहार न्यूज
  • शनिबार, बैशाख १६ २०८०
उदयपुरको मदन भण्डारी आँखा अस्पतालमा ५१ जनाको निशुल्क आँखा शल्यक्रिया

उदयपुर । उदयपुरमा झण्डै पाँच दर्जन सर्वसाधरणको आँखा निशुल्क शल्यक्रिया भएको छ । पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मरणमा मदन मण्डारी आँखा अस्पतालमा ५१ जना ज्येष्ठ नागरिकहरुको निशुल्क आँखा अपरेशन गरिएको हो ।

यसअघि जिल्लाको बिभिन्न ठाउँमा आयोजित निशुल्क आँखा जाँच शिविरमा फेला परेका जटिल प्रकृतिका आँखा रोगीहरुको पहिचान गरी शल्यक्रिया गरिएको आँखा अस्पताल सञ्चालक संस्था नेपाल नेत्रज्योति संघ उदयपुरका सभापति भागवत राउतले बताए । दुर्गम गाउँहरुमा वर्षौदेखि आर्थिक निम्नताका कारण अन्धाकार जीवन बिताउदै आएकाहरुलाई आँखाको ज्योति फर्काउन संस्थागत पहल गरिएको राउतको भनाई छ ।

‘बुढेसकालको साहरा आफ्नै आँखा पनि हो’ आँखा रोगीहरुको स्वास्थ्य निवारणका लागि जिल्लामा अभियानताकै रुपमा समेत परिचय बनाएका राउतले भने, ‘आँखाको ज्योति फर्किनु पनि पुनरजीवन जस्तै हो ।’ उनले मदन भण्डारी आँखा अस्पतालबाट नै अब सम्पूर्ण उपचार हुने भएपछि उदयपुरसँगै खोटाङलगायतका बिभिन्न पहाडी जिल्लाका सर्वसाधरणले समेत पायक सेवा लिन सक्ने बताए ।

संसार हेर्ने आँखाको ज्योती पूरै गुमाएर फेरि फर्किएकाहरु खुसी देखिन्थे । शल्यक्रिया सकिएकाहरुलाई परामर्श र औषधी साथै चस्मा समेत बितरण गरिएको अस्पताल कुमार घिमिरेले जानकारी दिए । पूर्वप्रम अधिकारीको स्मृतिमा आयोजित शल्यक्रिया शिविरमा नेकपा एमालेका कोशी प्रदेश इन्चार्ज देवराज घिमिरे, पूर्व प्रदेश सांसद अम्बीका थापा, बिमल कार्कीलगायतले सम्बोधन गरेका थिए ।

नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पताल, चितवन मदन भण्डारी आँखा अस्पताल उदयपुरको आयोजनामा अपरेशन गरिएका बिरामीहरुलाई वैशाख १३ गते नै घर पठाइएको थियो । त्यस्तै कार्यक्रममा ज्येष्ठ नागरिक समेत रहेका आँखाका बिरामीहरुलाई दोसल्ला ओढाएर सम्मान पनि गरिएको थियो ।

Last updated:2023 Apr 29 Saturday 11:57:19

प्रतिक्रिया
सम्बन्धित समाचार