ठविन्द्र मगर
ताप्ली बैशाख ९
ताप्लिमा प्रारम्भिक बालविकास सहजकर्ताहरुलाई शैक्षिक सामाग्री तयारि कार्यशाला तालिम संचालन शुरु भएको छ । शिक्षा युवा तथा खेलकुद शाखा रुपाटार,उदयपुरको आयोजनामा आजदेखि ३ दिन सम्म संचालन हुने तालिम ५ नं।वडाकार्यालय रुपाटारको सभाहलमा भईरहेको छ ्र तालिममा तपलिका ४१ वटा बिद्यालयका ३५ जना बालविकास सहजकर्ताहरुको उपस्थिति रहेको छ तालिमको उद्घाटन ५ नं।वडाध्यक्ष बिष्णु कुमार श्रेष्ठ ले गर्नुभएको हो ्र उद्घाटन सत्रमा बोल्नुहुदै शिक्षा शाखा प्रमुख संजु कुमारी दाहालले ताप्लिको प्रत्येक बिद्यालयका बालविकास कक्षालाई गुणस्तरीय बनाउनको लागि शिक्षाबाट शैक्षिक सामाग्री निर्माण र व्यवस्थापनको लागि बजेट को व्यवस्था सस्मेत गरिएको बताउनु भयो्रउक्त बजेट को सही सदुपयोग गरि बिद्यालयमा कक्षा सजावट गरि बालविकास सुद्रीढिकरण गर्न सबै बिध्यालयहरुले महत्वपूर्ण भूमिका निर्बाह गर्नु पर्ने भन्नुभयो्र ३ दिनसम्म संचालन हुने तालिमको सहजीकरण सेतो गुराँस सुनसरीका संस्थापक तथा प्रशिक्षक भीमा राईले गरिरहनु भएको छ ्र तालिम बिद्यार्थी भर्ना अभियान २०८०लाई लक्षित गरि संचालन गरिएको शिक्षा शाखाले जनाएको छ