उपहार न्यूज
उदयपुर चैत ३०
नेपाल उद्योग वाणिज्य महासंघको ५७ औ बार्षिक साधरण सभा तथा महाधिवेशनबाट उदयपुरका प्रतिष्ठीत व्यवसायी प्रयास कार्की केन्द्रिय सदस्य पदमा निर्वाचित भएका छन् । महासंघको चैत २९ गते सम्पन्न निर्वाचनमा लोकप्रिय मत सहित कार्की केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् । कार्की जिल्ला नगर बाट केन्द्रिय सदस्य पदमा निर्वाचित भएका हुन् । कुल ११७ जिल्ला नगर मतदाताबाट लोकप्रिय ८८ मत प्राप्त गरेका कार्की निर्वाचित हुनु पर्ने १८ जना मध्य दोस्रो स्थान सहित केन्द्रिय सदस्य पदमा निर्वाचित भएका हुन् । उदयपुर उद्योग वाणिज्य संघका पूर्व महासचिव कार्की उदयपुरको कटारीमा रहेर व्यवसाय संचालन गर्दै आउनु भएको छ । सगरमाथा अञ्चलमानै उत्कृष्ट करदाताको रुपमा पटक पटक पुरस्कृत हुनु भएका कार्की साना, मझौला व्यवसायीहरुको समस्या र अधिकारको लागि महासंघमा आफ्नो सहभागीता रहने बताउनु भएको छ ।