Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरको त्रियुगा जनता बहुमुखी क्याम्पसका स्ववियु पदाधिकारीले लिए सपथ

  • उपहार न्यूज
  • बुधबार, चैत्र २२ २०७९
उदयपुरको त्रियुगा जनता बहुमुखी क्याम्पसका स्ववियु पदाधिकारीले लिए सपथ

उदयपुर । उदयपुरको त्रियुगा जनता बहुमुखी क्याम्पसबाट निर्वाचित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)का पदाधिकारीले सपथ लिएका छन् । बुधबार एक कार्यक्रमबीच क्याम्पसको सभाहलमा नव निर्वाचित पदाधिकारीहरुले सपथ लिएका हुन् ।

यही चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनमा नेकपा माओबादीको विद्यार्थी संगठन सरोज कार्की १ मत बढीले सभापति चुनिएका थिए । उनले नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसं)का उम्मेदवार चेतन पोखरेललाई पराजित गरेका थिए ।

भर्खरै चुनिएर आएका पदाधिकारी तथा कार्यसमितिले क्याम्पस प्रमुख डा. कैलाशकुमार राईबाट सपथ ग्रहण गरेको सदस्य शौरभ मगरले बताए । सो क्रममा उनीहरुलाई आआफ्नो ओहदाको प्रमाणपत्र समेत बितरण गरिएको थियो ।

सपथग्रहण कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सरोज कार्की, सचिव हेमकुमार रानामगर, कोषाध्यक्ष डोमा राईले सपथ लिए । त्यस्तै सदस्यहरु प्रकृति दनुवार, सुमित्रा श्रेष्ठ, सफलता विष्ट, अनिषा चौधरी, नवराज बुढाथोकी, शौरब मगर, श्रद्धा भट्टराई, शलिना कार्की, युद्धराज बराईली र वीरेन्द्र बुढाथोकी सहभागी थिए । अन्य बेही भने सपथ ग्रहणमा छुटेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार