Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरका सिताराम केसीले विष्णु माझीको गीत ‘भ्रमको खेती’मा अभिनय गरेपछि बन्यो भाईरल

  • उपहार न्यूज
  • शुक्रबार, चैत्र १७ २०७९
उदयपुरका सिताराम केसीले विष्णु माझीको गीत ‘भ्रमको खेती’मा अभिनय गरेपछि बन्यो भाईरल

उदयपुर । उदयपुरका सिताराम केसीको अभिनय रहेको गीत ‘भ्रमको खेती’ पछिल्लो समय बिभिन्न सामाजिक सञ्जालमा चर्चित बनेको छ । जिल्लाको त्रियुगा नगरपालिका ७ चुहाडे स्थायी घर भई करिब एक दशक अघिदेखि बैदेशिक रोजगारीको सिलशिलामा कतार बस्दै आएका केसीको अभिनय रहेको गीत युट्युब र टिकटकजस्ता सामाजिक प्लेटफर्ममा लोकप्रिय बन्दै गएको हो ।

‘शिव हमाल’ नामक अफिसियल युट्युब च्यानलमार्फत केही दिनअघि सार्वजनिक भएको म्यूजिक भिडियो अहिलेसम्म लाखौँले हेरिसकेका छन् । १६ मिनेट ५४ सेकेन्ड लामो सो भिडियोमा सयौँले सकारात्मक प्रतिक्रिया समेत जनाएका छन् ।

चर्चित लोकगायीका विष्णु माझी र रमेश केसीले आवाज दिएको गीतमा सितारामसँगै शान्ति लुहार र जगत सुबेदी, मिरा दर्जीलगायतले पनि अभिनय गरेका छन् । रमेश भुजेलले निर्देशन गरेको सो म्यूजिक भिडियो कटारस्थित दोहा, मियापार्क र ओख्रालगायतको ठाउँहरुमा छायाङ्कन भएको कलाकार तथा गीतका मोडल सितारामले जानकारी दिए ।

भिडियो निर्माणमा बशन्त सुनाम विशेष सहयोगीको भूमिकामा रहेका छन् । त्यस्तै सुमन सिटौला, दीपा वली, सागर श्रीपाली, कमल गोथामे, मुखिया, भोजराज, खेम बिक, टंक केसी, सुनिल क्षेत्री, चन्द्र छिदाललगायत सहयोगी कलाकारको पनि अभिनय भिडियोमा देख्न सकिन्छ । राजेन्द्र थापाले दृष्य कैद गरेको भिडियो रोशन धितालले सम्पादन गरेका हुन् भने कलाकारहरुको अनुहारमा मेकअप आर्टिस्ट स्मृति थापाको कला देख्न सकिन्छ ।

यसअघि थुप्रै गीतहरु गाईसकेको बताउने गायक रमेशले आफूलाई नेपाली संगीत क्षेत्रमा चिनाउने र पहिचान बनाउने गीत भने ‘भ्रमको खेती’ नै रहेको प्रतिक्रिया दिए । टेकन पाण्डेको शब्द र रामु खड्काको संगीत रहेको गीत भ्रमको खेती काठमाडौंस्थित मालाश्री रेकर्डिङ स्टुडीयोमा रेकर्डिस्ट राजेन्द्र बाजुरालीले रेकर्ड गरेका हुन् । एरेन्ज बिनोद बाजुरालीले गरेका छन् ।

सानै उमेरदेखि अभिनय क्षेत्रका रुची राख्ने सितारामलाई देशको परिस्थितीले विदेसी भूमि पु¥यायो । तर, उनीभित्रको कलाकारिता भने मरेन । वैदेशिक रोजगारमै रहेको बेला उनले ‘अनर्थ नसोँच’लगायतको गीतमा यसअघि पनि अभिनय गरिसकेका छन् । आगामी दिनमा पनि ताजा अभिनयका साथ दर्शकमाझ आउने मोडल सितारामको भनाई छ ।

 

Last updated:2023 Mar 31 Friday 10:47:49

प्रतिक्रिया
सम्बन्धित समाचार