उदयपुर । उदयपुरमा करिब ६ दर्जनबढी पत्रकारले आँखा जाँच गराएका छन् । नेपाली पत्रकारहरुको छाता संगठन ‘नेपाल पत्रकार महासंघ’को ६८ औँ स्थापना दिवसको अवसरमा आयोजित निशुल्क आँखा जाँच तथा कोभिड–१९ बिरुद्धको बुस्टर डोज खोप कार्यक्रममार्फत पत्रकारहरु प्रत्यक्ष लाभाम्बित भएका हुन् ।
महासंघ शाखा उदयपुरका अध्यक्ष भरत खड्काका अनुसार निशुल्क आँखा जाँचसँगै कोभिड १९ बिरुद्धको बुस्टर डोज समेत उपलब्ध गाराईएको थियो । नेपाल नेत्रज्योती संघ मदन भण्डारी आखाँ अस्पतालसँगको सहकार्यमा महासंघ शाखा उदयपुरले आयोजना गरेको शिविरमा ८१ जना उपस्थित भएका थिए ।
शिविरपछि संकलित तथ्याङ्का अनुसार ७४ जना पत्रकारहरुले आखाँ जाँचमा सहभागिता जनाएका छन् । त्यस्तै ५४ जना बढीले बुस्टर डोज लागाएको अभिलेख छ । त्यसैगरी आँखा अस्पतालको तर्फबाट व्यवस्थापक कुमार घिमिरेका अनुसार आँखा जाँच गराएका केहीलाई पावरवाला चस्मा लगाउनुपर्ने डाक्टरको सल्लाह अनुसार निशुल्क उपलब्ध गराइएको छ । त्यस्तै केहीको भने अपरेशन गर्नुपर्ने देखिएकाले आगामी केही दिनभित्र निशुल्क शल्यक्रिया समेत गरिने भएको छ ।