उपहार न्यूज
उदयपुर चैत १०
आसन्न चैत २८ र २९ गते काठमाण्डौमा हुने नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेशनमा उदयपुरका व्यवसायी प्रयास कार्कीले केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् । उदयपुर उद्योग वाणिज्य संघका पूर्व महासचिव समेत रहेका कार्कीले केन्द्रिय सदस्यमा उम्मेदवारी दिन लाग्नु भएको हो । उदयपुरका प्रतिष्ठित व्यवसायीको रुपमा परिचित कार्की लामो समय देखि उदयपुरको कटारीबाट व्यवसाय संचालन गर्दै आउनु भएको छ ।
ुनेपाल ट्रेडिङ एण्ड हार्डवेयर प्रा.लिका संचालक कार्की पछिल्लो बर्षहरुमा सगरमाथा अञ्चलकै उत्कृष्ट करदाताबाट समेत पटक पटक पुरस्कृत भैसक्नु भएका व्यवसायी हुनुहुन्छ । स्वच्छ छवि भएका व्यवसायमा समेत अब्बल र इमान्दार कार्की आफु केन्द्रिय सदस्यमा निर्वाचित भएमा साना तथा मझौला व्यवसायीहरुको प्रतिनिधित्व गर्दै व्यवसायीहरुको हक र हितका लागि काम गर्ने अठोट रहेको बताउनु हुन्छ । केन्द्रिय सदस्य पदका उम्मेदवार कार्की यतिवेला आफ्ना एजेण्डा सहित देश दौडाहामा निस्कनु भएको छ, उहालाई मतदाता जिल्ला नगर अध्यक्षहरुले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्ने गरेका छन् ।