Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरका ३७ किशोरकिशोरीलाई यौनहिंसा र साईबर क्रामईमबाट जोगिन तालिम

  • उपहार न्यूज
  • बिहिबार, चैत्र ९ २०७९
उदयपुरका ३७ किशोरकिशोरीलाई यौनहिंसा र साईबर क्रामईमबाट जोगिन तालिम

शंकर रिखाम मगर –

उदयपुरमा तीन दर्जन बढी किशोर किशोरीहरुलाई जीवन उपयोगीसम्बन्धी तालिम दिइएको छ । जिल्लाको रौतामाइ गाउँपालिका वडा नम्वर ६ चिसापानी र ताप्ली गाउँपालिकाको वडा नम्वर ५ रुपाटाँरमा जाल्पा एकीकृत विकास समाज उदयपुरले वल्र्डभिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा २ दिने जीवन उपयोगी तालिम सम्पन्न भएको हो ।

उमेर सुहाउदो जीवन उपयोगी सीप तालिममा स्वसचेतना, अन्तरव्यक्ति सीप, शुरक्षात्मक सीप र सामाजिक उत्तरदायित्वको वारे विस्तृत जानकारी गराइएको थियो । विभिन्न किसिमका स्वास्थ्य सरसफाइ सम्वन्धी छलफलसहित स्थानीय स्तरमा हुने हिंसा र कारणबारे पनि जानकारी र सचेतना दिइएको थियो ।

त्यस्तै बढ्दो प्रबिधिसँगै भित्रिएको साईबर अपराधका घटनाबाट बच्ने तरिकाहरुबारे पनि छलफल भएको थियो । पछिल्ला दिनमा मुख्यतया किशोर किशोरी उमेर समूहका व्यक्तिहरु विद्युतीय अपराधको सिकार हुने गरेकाले उनीहरुलाई सचेत रहन अपनाउनुपर्ने प्रक्रिया र सजगताबारे सचेतनामूलक प्रस्तुती राखिएको थियो ।

सहभागीहरुलाई ‘विद्युतीय अपराध कसरी हुन्छ ?’ भन्ने प्रष्ट्याउन बिभिन्न मनोरञ्जनात्मक खेल र गीतको माध्यमबाट प्रस्ट पारिएको थियो । जिल्लाको ताप्ली गाउँपालिका वडा नम्वर ५ रुपाटाँरमा सम्पन्न तालिममा लिम्पाटार, लेखगाउ, इनामे, तावाश्री, ओख्ले र रुपाटाँर गरी ६ भेगका १६ जना किशोरी र ३ जना किशोरसहित १९ जनाले तालिममा सहभागिता जनाएको आयोजकले जनाएको छ ।

यता रौतामाइ गाउँपालिका वडा नम्वर ६ चिसापनीमा सम्पन्न तालिममा रौतामाइ गाउँपालिकाको १ देखि ८ नम्बर वडाहरु र त्रियुगा नगरपालिकाको वडा नम्वर १५ सहित लिम्चुङवुङ गाउँपालिका वडा नम्वर ५ आरसी र रुपान्तरण कक्षा साथी सहजकर्ता गरी १८ जना किशोरिहरुले तालिममा सहभागिता जनाएका थिए । रौतामाइ र ताप्लीको दुवै तालिम केन्द्रबाट समग्र ३७ जना किशोरकिशोरिहरुले तालिम हुन् ।

२ दिने तालिमलाई मनिता कार्की र अनिताकुमारि कार्कीले सहजिकरण गरेका थिए । साना साना वालिकाहरुमाथि हँुने यौन शोषण र दुव्र्यवहारवाट वचाउन ‘गुट टच’ र ‘व्याड टच’को वारेमा वल्र्डभिजनका उदयपुर प्रतिनिधि आनन्द खड्काले सहजिकरण गरे । जीवन उपयोगी सीप तालिम खेल तथा गीतको माध्यमवाट नवुझेका नयाँ व्यवहारिक कुराहरु सिक्न पाउँदा सिकाई कार्य सहज भएको तालिममा सहभागीहरु रिता कार्की र वृहस्पति राइको प्रतिक्रिया थियो ।

जाल्पा एकीकृत विकास समाज उदयपुरका कार्यरत फिल्ड परिचालक केशव राना मगरले सञ्चालन गरेको कार्यक्रममा वल्र्डभिजनका प्रतिनिधि आनन्द खड्का, नेपाल पत्रकार महासंघ उदयपुरका सदस्य शंकर रिखाम मगरलगायतको उपस्थिती थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार