उदयपुर । उदयपुरकी एक महिला आफ्नै घरबाट सम्पर्कबिहीन भएकी छन् । जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नम्बर ६ धप्परबाट घरपरिवारका कसैलाई जानकारी नदिई ८ दिनदेखि दुई सन्तानसहित बेपत्ता भएकी हुन् ।
३४ वर्षीया सार्की र उनकै छोरी १३ वर्षीया छविमाया सार्की र ९ वर्षका राजन सार्की पनि सम्पर्कबिहीन बनेका छन् । छोरा र छोरीलाई पनि उनै आमाले लिएर गएको जेठाजु आले मगरातीले जानकारी दिए । उनका अनुसार सम्भाबित सबै ठाउँमा खोजतलास भइसकेको छ । तर, उनी हालसम्म कहि पत्ता लाग्न सकेको छैन ।
हिराकुमारीका दाजु अम्मरबहादुर सार्कीका अनुसार उनी दुई सन्तानसहित चैत १ गते घरबाट निस्कीएदखि सम्पर्क बाहीर छन् । ‘हामीले सबै सम्भाबित ठाउँ, आफन्त, नलनाता सबैठाउँ खोजीसक्यौँ’ हिराकुमारीकी दाई अम्मरबहादुरले भने, ‘अब प्रहरी र मिडियोको भर परेका छौँ ।’
परिवारिक स्रोतका अनुसार सम्पर्कबिहीन हिराकुमारीले प्रयोग गर्दै आएको मोवाईल अघिल्लो दिनसम्म लागेको थियो । त्यसबेलासम्म घरमै रहेको जेठा छोरासँग कुरा गर्दा आफू पोखरामा रहेको बताएका थिए । त्यसलगतै सम्भाबित ठाउँमा खोज्न सुटुक्कै हिराकुमारीका श्रीमान सम्भु सार्की पुगेका थिए । तर, त्यहाँ पनि फेला नपरेको भाईलाई उधृत गर्दै श्रीमान्का दाई (हिराकुमारीकी जेठाजु)ले जानकारी दिए ।
अन्तिम पटक पोखरा भन्दै सम्पर्क गरेकी उनको अहिले मोवाईल पनि स्वीच अफ छ । साना बच्चाहरुसँगै बिना कारण हराएपछि परिवारमा चिन्ता बढेको छ । हिराकुमारीका जेठाजु र दाईले भने बुधबार जिल्ला प्रहरी कार्यालय उदयपुरमार्फत खोजतलास गरिदिन आग्रह गर्दै निबेदन दिएका छन् ।
हेर्नुहोस् भिडियो
LINK : https://fb.watch/jrOVCI_dHO/