उदयपुर । १४ फागुनमा सम्पन्न चौथौ मेयर कप फुटबल प्रतियोगितामा प्रथम हुन सफल कटारी वडा नम्बर २ का खेलाडीहरुलाई आज वडाले सम्मान गरेको छ । आज वडाको गुराँस हरियाली पार्कमा एक कार्यक्रमका वीच खेलाडीहरुलाई सम्मान गरिएको हो । वडाध्यक्ष प्रेम थापा सहित वडाका सरोकारवालाहरुले खेलाडीहरुलाई सम्मान गरेको हो । वडाले कटारी ५ लाई टाईपव्रेकरमा हराउँदै मेयर कप उचालेको थियो । खेलाडीहरुको प्रोत्साहनका लागि वडाले सम्मान गरेको हो ।