Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरमा यसरी भयो गरिबीले गर्दा ७ वर्षदेखि फलामे साङ्लोमा बाँधिएका युवकको उद्धार..

  • उपहार न्यूज
  • आइतबार, चैत्र ५ २०७९
उदयपुरमा यसरी भयो गरिबीले गर्दा ७ वर्षदेखि फलामे साङ्लोमा बाँधिएका युवकको उद्धार..

उदयपुर : उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर–६ का युवक रामबहादुर रसाईली (विश्वकर्मा)लाई करिब ७ वर्षअघि मानसिक रोग देखा प¥यो । निम्न परिवारका रामबहादुरको बाबु होमबहादुरले छोराको मानसिक सन्तुलन फर्काउन हरसम्भव प्रयास गरे । तर, गरिबीको अगाडि उनको प्रयासले हार खायो । अनि छोराकै स्वास्थ्य चिन्ताले बिरक्तिएर २०७५ सालमा आत्महत्याको बाटो रोज्न पुगे ।

दिदीको घरमा बाँधेर राखिएका रामबहादुर विश्वकर्मा । उनलाई राती पनि यही ठाउँमा बाँधेर सुताउने गरिन्थ्यो ।

समय बित्दै जाँदा बाबुको मृत्युपछि ‘टुहुरो’ बनेका रामबहादुरका आमा भक्ती विश्वकर्माको समेत मानसिक अवस्था खच्कीयो । त्यसपछि झन् नितान्त एक्लीएका रामबहादुरलाई बिवाह गरेर गएकी दिदी हस्तकुमारी विश्वकर्माको घरमा फलामको सिक्रीले बाँधेर राखियो । उनै दिदीको घरमा खाने र बस्ने हुँदै आयो । खुट्टामा फलामे सिक्रीले बाँधीएका रामबहादुरलाई शौचालय गर्नका लागि पनि डो¥याउदै बस्तुझै अरुले नै लैजानुपर्ने अवस्था दैनिकी जस्तै बन्न पुग्यो । मानसिक सन्तुलन गुमाएसँगै उनी जथाभाबी दौडीने, अनेक बिझाई गर्ने र अप्रिय घटना हुँन नदिन उनलाई बाँधेर राखिएको थियो । अझ भनौँ उपचार गर्ने खर्च सबै सकिएपछि बिकल्प नभएरै बाँधेर घरमै राख्नु पर्ने अवस्थामा पुगेका थिए ।

त्रिनपा ६ कि वडासदस्य पबित्रा विश्वकर्माका अनुसार रामबहादुरका दाई पनि १७ वर्षको उमेरमा उस्तै मानसिक रोग लागेर गरिबीकै कारण उपचार गर्न नसक्दा घरबाट हिडेपछि बेपत्ता भएका थिए । १५ वर्ष बित्यो उनको अहिलेसम्म अत्तोपत्तो छैन । सो घटना १५ वर्षजति भयो । बचेका परिवारलाई सधै सताईरहने सो घटना दोहोरीन नदिन पनि घरमै बाँध्नुको बिकल्प नरहेको दिदी हस्तमायाको भनाई थियो ।

यसरी भयो उद्धार
केही महिनाअघि उदयपुर सदरमुकाम गाईघाटस्थित साकेला टोलमा पनि मानसिक सन्तुलन गुमाएर यसैगरी ‘साङ्ला बन्धक’को जिन्दगी बिताईरहेका युवकको उद्धार भएको थियो । त्यो समाचार सामाजिक सञ्जालमा भाईरल नै बन्यो । सोही आधारमा लालपत्ताका स्थानीयले उद्धारका लागि पहलकर्ताको खोजी कार्य सुरु गर्दै जाँदा उदयपुरका एमाले नेता तथा समाजसेवी भागवत राउतको मोवाईलमा घण्टी बज्यो । साकेला टोलका युवकको पनि उनै राउतले समन्वय गरी उद्धार गरेका रहेछन् । त्यही उद्धार पछ्याउदै जाँदा सम्पर्क नम्बर पत्ता लागेपछि गरिबीकै कारण ७ वर्षदेखि ‘नरकीय’ जीवन बिताईरहेका मानसिक बिरामी रामबहादुरको बारेमा एक स्थानीयले बृतान्त सुनाए । अन्ततः समाजसेवी राउतले त्रियुगा नगरपालिकासँग समन्वय गरेपछि रामबहादुरको कष्टकर ‘फलामे जञ्जीर’ तोडियो ।

७ वर्षदेखि लगातार भाईको खुट्टामा बाँधिएको फलामे साङ्लो खोल्दा दिदीको आँखा रसाएको थियो । मानसिक स्वास्थ्यका बिरामी रामबहादुरलाई हेटौडास्थित मानव सेवा केन्द्रमा लगिएको छ । उनलाई दिदी हस्तमायाको घरबाट उद्धार गर्न त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राई, त्रिनपा ६ का वडाध्यक्ष योगेन्द्रबहादुर दाहाल र केही सञ्चारकर्मीहरु पनि पुगेका थिए । रामबहादुरलाई उपमेयर राईले प्रयोग गर्ने गाडीमा राखेर सेवाकेन्द्र लगिएको थियो । सानो पहलबाट पनि समाजको भित्री पाटोभित्र लुकेर बसेका पीडाहरुमा मलम लगाएर पीडितहरु मुस्कुराएको देख्दा मन हलुँगो हुने गरेको समाजसेवी तथा राजनीतिज्ञ राउतको भनाई छ ।

रामबहादुरलाई उद्धार गरी त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राईले प्रयोग गर्ने गाडीबाट लगिदै । 

Last updated:2023 Mar 19 Sunday 13:31:29

प्रतिक्रिया
सम्बन्धित समाचार