Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

वडा अध्यक्ष कपमा श्रीपुरको बिजयी सुरुवात

  • उपहार न्यूज
  • शुक्रबार, चैत्र ३ २०७९
वडा अध्यक्ष कपमा श्रीपुरको बिजयी सुरुवात

किरण प्रसाद ढुंगाना
देउरी चैत २
त्रियुगा नगरपालिका ५ बालुवाटारको खेल मैदानमा बिहिबार भएको तेश्रो वडा अध्यक्ष कप नक आउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा श्रीपुर फुटबल क्लब श्रीपुरले मोतिराजा फुटबल क्लबलाई ६-० को गोल अन्तरले हराउदै जित हात पारेको छ। खेल सुरु भएको १० औ र १७ औ मिनेटमै श्रीपुरका ९ नम्बर खेलाडी ब्रीजेस मगरले २ गोल गरि अग्रता दिलाएका थिए। पहिलो हापमा श्रीपुरकै ९९ नम्बर पवन मगर र १७ नम्बर खेलाडी अभिषेक मगरले ११ गोल गर्दै टिमलाई जित नजिक पुर्याएका थिए। खेलको दोश्रो हापमा थप २ गोल गर्दै श्रीपुर फुट्बल क्लबले जित सुनिस्चित गरेको छ। खेलको म्यान अफ द म्याच श्रीपुर बाट २ गोल गरेका ब्रीजेस मगर भए। त्रीयुगा नगरपालिका वडा नम्बर ५ को संयोजन र श्रीपुर फुटबल क्लब श्रीपुरको आयोजनामा संचालित फुटबल प्रतियोगितामा जम्मा ८ टिमले भाग लिएका छन। सुक्रबारको खेल गाईघाट फुटबल क्लब गाईघाट र फ्युजन फुटबल क्लब बोक्से क्लब बिच दिनको ३स्०० बजे हुने छ। प्रतियोगितालाई सरस्वती सामुदायिक बन र बिज बजारले सह प्रायोजन गरेका छन । सहयोगी संस्थामा स्वर्णिम युवा क्लब र अन्नपूर्ण सेकेन्डरी स्कुल रहेका छन भने मिडिया पार्ट्नरमा त्रियुगा एक्सप्रेस दैनिक रहेको छ । खेलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै त्रीयुगा नगरपालिकाका सामाजिक बिकास समितिका संयोजन तथा वडा न ५ का वडा अध्यक्ष उद्धब कुमार थापाले स्थानिय स्तरमा फुटबलखेलको बिकास र खेलाडिहरुको उत्पादनमा वडा स्तरमा हुने खेलले ठूलो भुमिका रहने बताउनु भयो। उद्घाटनखेलमा त्रीयुगा नगर खेलकुदका अध्यक्ष बिजय सिंह , सरस्वती सामुदायिक बनका अध्यक्ष दिपक बान्तवा लगायतले सुभकामना मन्तव्य राख्नु भएको थियो। फुटबल प्रतियोगिता चैत्र २ गते देखि ९ गते सम्म संचालन हुने आयोजकले जनाएको छ।

Last updated:2023 Mar 17 Friday 08:01:14

प्रतिक्रिया
सम्बन्धित समाचार