उपहार न्यूज
उदयपुर फागुन ३०
उदयपुरको ताप्ली गाउँपालिकाले आर्थिक बर्ष २०७९/०८० को दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम वृहत सहभागीताका विच सम्पन्न गरेको छ । ताप्ली गाउँपालिकाको परिसरमा शुक्रबार एक कार्यक्रमका विच गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।
राष्ट्र र समाजको लागि योजना र कार्य (पानस) उदयपुरको सहजीकरणमा आयोजना गरिएको कार्यक्रममा पालिकाले फागुन २५ गते सम्म विभिन्न बिषयगत शाखाले गरेको गरेको प्रगति प्रतिवेदन प्रस्तुत गरेको थियो ।
कार्यक्रममा पानस उदयपुरका सहजकर्ता किरण प्रसाद ढुंगानाले पानस उदयपुरले तेस्रो पक्ष अनुगमनबाट गरिएको प्रतिवेदन प्रस्तुत गरेका थिए । ताप्ली गाउँपालिकाका लेखा शाखाका प्रमुख टिकाराम विश्वकर्मा, शिक्षा शाखाका प्रमुख सन्जु दाहाल, प्रशासन शाखाका लोक बहादुर थापा, उद्यम शाखाका प्रमुख शिवभक्त मल्ल लगायत बिषयगत शाखाका प्रमुखहरुले हाल सम्म गाउँपालिकामा भएका बिषयगत गतिविधि तथा विकास निर्माणको अबस्थाको बिषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्थानिय नागरिकहरुले स्थानिय विकास तथा गाउँपालिकाको बिषयगत शाखाहरुबाट हुने गरेका विभिन्न बिषयहरुमा चासोका साथ जिज्ञासा तथा सुझाब राखेका थिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष ढुंगाराज विश्वकर्मा, उपाध्यक्ष धनम मगर र प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईले कार्यक्रममा खुल्ला छलफलमा उठेका बिषयहरुलाई संबोधन गर्नु भएको थियो ।
कार्यक्रममा उठेका बिषयहरुलाई संबोधन गर्दै जनप्रतिनिधि तथा कर्मचारीहरुले ताप्ली गाउँपालिका भौगोलिक विकटा भए पनि यहाँको विकासको लागि आफुहरु जनताप्रति उत्तरदायी भएर लागि परेको बताउनु भयो । गाउँपालिकाको विकासको लागि आफुहरुले प्रदेश तथा संघ सरकार संगको पहलमा विभिन्न कामहरु अघि बढाएको बताउनु भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर राईले गाउँपालिकाको प्रशासनलाई चुस्त र दुरुस्त बनाउदै जनताको सेवामा कर्मचारीहरुबाट कति पनि सेवा दिन कम्जोरी नगर्ने बताउनु भयो । उहाँले पालिकामा निर्माणधि विकासका कामहरुको सत्य र तथ्य अनुगमन गरि विकास निर्माणको कामलाई प्रभावकारी बनाउन लागि पर्ने बताउनु भयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष धनम मगरले पालिकाबासीले परिकल्पना गरे जस्तै गाउँपालिका बनाउनका लागि आफुहरु सक्दो काम गर्ने बताउनु भयो । उहाँले पालिकाको समग्र विकासको लागि आफुहरु दिनरात नभनी लागी पर्ने बताउनु भयो । उहाँले पालिका स्तरबाट हुने काम पालिकाकै मातहतबाट गर्ने तथा केन्द्र तथा प्रदेश सरकारको समेत पहल गरेर अन्य विकासका योजनाहरु अघि बढाईने बताउनु भयो ।
कार्यक्रममा पालिका अध्यक्ष ढुंगाराज विश्वकर्माले पालिकाको समग्र विकासमा आफुहरु प्रतिबद्ध भएर लाग्ने बताउनु भयो । उहाँले राष्ट्रिय प्रशारण लाईनको विद्युत विस्तार संगै पालिका अब चाडै अध्यारोमुक्त हुने बताउनु भयो । प्रदेश सरकारको सहयोगमा ३ करोड बराबरको कुनाईघाट कुमालटार सडक निर्माणको तयारी चरणमा रहेको बताउनु भयो । अध्यक्ष विश्वकर्माले आफुहरु सधै जनाको सेवक भएकाले आफुहरुलाई बेला बेलामा घचघच्याउनको लागि आग्रह गर्नु भयो ।कार्यक्रममा स्थानिय राजनैतिक दलका प्रतिनिधि, पत्रकार, स्थानिय नागरिक, शिक्षक लगायतको बाक्लो उपस्तिथी रहेको थियो ।