Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

मन्दिर उद्घाटन गर्न उदयपुर आएका मन्त्रीलाई लालपत्ताबासीले बजेट मागेपछि..

  • उपहार न्यूज
  • शनिबार, फाल्गुन ६ २०७९
मन्दिर उद्घाटन गर्न उदयपुर आएका मन्त्रीलाई लालपत्ताबासीले बजेट मागेपछि..

उदयपुर । बिभिन्न समय आएका राजनीतिक परिवर्तनले आफ्नो क्षेत्रलाई नियाल्न नसकेको भन्दै उदयपुरको त्रियुगा नगरपालिका ६ लालपत्ताका स्थानीयले प्रदेश १ का मन्त्रीसमक्ष गुनासो पोखेका छन् । छिमेकी जिल्ला सिराहसँग सीमा जोडिएको सुदूर वडा लालपत्तालाई जिल्लामा आउने विकास निर्माणको क्रममा अपेक्षा गर्ने गरिएको आरोप लगाउदै उनीहरुले ज्ञापनपत्र बुझाएका हुन् ।

आगामी दिनमा विकासका लागि बजेट समान रुपमा बिभाजन गर्न र सो वडाभित्र रहेका पर्यटकीय स्थलहरुका लागि बजेटको व्यवस्थापन गर्न प्रदेश १ का संस्कृति पर्यटन तथा बन मन्त्री जीवन आचार्यलाई बुझाइएको ज्ञापनपज्ञमा माग गरिएको छ । त्रिनपा ६ लालपत्ताबाट निर्वाचित वडासदस्य प्रवेश खड्कालागाएतका स्थानीयहरुले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका थिए ।

लालपत्ताको पाल्लेबास क्षेत्रमा इन्द्रावती पोखरी परापूर्वकालदेखि धार्मिक स्थालको रुपमा परिचित छ । तर हाल त्यस पोखरीको उचित संरक्षण, व्यवस्थापन हुन नसक्दा लोप हुने सम्भावना रहेको छ । उक्त पोखरीको संरक्षण गर्न सके पर्यापर्यटन क्षेत्रको रुपमा बिकास हुने साथै त्यस भेगको बोटबिरुवाहरु संरक्षित, बन्यजन्तुलगायत पशुपन्छीहरुको पानि खाने स्थानको रुपमा रहने बताइएको छ । इन्द्रावति पोखरी प्रवेशद्धार लालपत्ता घनचक्रे सडक खण्डको लालपत्ता चौकमा निर्माण गर्नु पर्ने । लालपत्ता सामुदायिक बन क्षेत्रको लालपत्ता खोला किनारमा पिकनिक स्पोट निमाणर् गर्ने । शिव पार्वती राधाकृष्ण मन्दिर स्तरोन्नती, शिवालय मन्दिर तथा पूजा व्यवस्थापन स्तरोन्नती र शौचालय निर्माण र पात्लेवास अधुरो गुम्बा निर्माण सम्पन्न गर्नुपर्ने लगायतका माग ज्ञापनपत्रमा समेटिएका छन् ।

धार्मिक तथा पर्यटकीय हिसावले विकासको ठूलो सम्भावना बोकेको भएपनि राज्यको आँखाले नदेख्दा ओझेलमा परेको स्थानीय बताउछन् । यी क्षेत्रहरुको संम्बद्र्धन गर्न सके स्थानीयलाई आर्थिक तथा ठाउँको पहिचान थप बढ्ने उनीहरुको भनाई छ । त्यस्तै पर्यटनको माध्यमबाट यस क्षेत्रलाई विकासको सुरुवात गरी नगरपालिका-जिल्ला हुँदै प्रदेशसम्म पर्यटन क्षेत्रमा विकास गर्न बजेट माग्दै प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ । स्थानीयको ज्ञापनपत्र बुझ्नुअघि मन्त्री आचार्य शिव पार्वती मन्दिर उद्घाटन गर्न जिल्ला आएका थिए । उनले शिवरात्री पर्वको अवसरमा बिहान त्रियुगा नदि छेउमा अवस्थित शान्तिधामको अवलोकलसमेत गरेका थिए । त्यसलगतै शिव पार्वती मन्दिरको उद्घाट गरी कटारी-घुर्मी हुँदै खेटाङतिर लागेका थिए ।

Last updated:2023 Feb 18 Saturday 13:57:05

प्रतिक्रिया
सम्बन्धित समाचार