Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

चलचित्र उद्योगमा डेब्यू गर्ने तयारीमा रियाज

  • उपहार न्यूज
  • आइतबार, पुष २४ २०७९
चलचित्र उद्योगमा डेब्यू गर्ने तयारीमा रियाज

उपाहार न्यूज
नेपाली सिनेमा उद्योगमा नव कलाकारहरुको आगमन क्रम बढ्दो छ । यहि क्रममा चलचित्र उद्योगमा फागुन १ गतेबाट निर्माण हुन लागेको भुपति चलचित्र मार्फत नव नायक रियाज आचार्यले डेब्यू गर्ने भएका छन् ।

लामो समय देखि नेपाली कला क्षेत्रमा सक्रिय रहेका रियाजले आधा दर्जन बढि विभिन्न म्यूजिक भिडियोहरुमा काम गरि सकेका छन् । उनी चलचित्र भुपति मार्फत सिनेमा जगतमा आउन लागेका हुन् । कामेश्वर चौरसिया फिल्मस् एण्ड प्रोडक्सन प्रा.लि र बि.एस मेकर स्टुडियो प्रा.लि सिमराको संयुक्त लगानीमा निर्माण हुन लागेको नेपाली कथानक चलचित्र भूपति मार्फत रियाजले डेब्यू गर्न लागेका हुन् ।
शनिवार पत्रकार सम्मेलनमार्फत निर्माण पक्षले फागुन १ गते भूपति चलचित्रको शुभमुर्हत गरिने जनाएको छ ।

बारा पर्सा क्षेत्रमा छायांकन गर्ने गरी चलचित्र निर्माण गर्ने तयारी थालेको निर्माण पक्षले सामाजिक बिषयलाई विशेष प्राथमिक्तामा राखेको छ । पत्रकार सम्मेलनमा बोल्दै कलाकार कामेश्वर चौरसियाले भूपति चलचित्रले समाजमा भईरहेको बिकृतीलाई देखाउन खोजेको बताउनुभयो । करिव ७५ लाखको लागतमा निर्माण हुन लागेको चलचित्र भूपति २ घण्टा ५ मिनेटको हुने चौरसियाले बताउनुभयो । चलचित्रमा कलाकार चौरसियासहित, सुनिता रसाईली, रियाज आचार्य, प्रदिप ढकाल, घनश्याम गिरि, ईरसाद खान लगायतले अभिनय गर्नेछन् ।

Last updated:2023 Jan 23 Monday 16:00:53

प्रतिक्रिया
सम्बन्धित समाचार