Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

प्रमाणसहितअख्तियारमा उजुरी गर्नेलाई रौतामाई गाउँपालिकाले १० हजार पुरस्कार दिने

  • उपहार न्यूज
  • मंगलबार, पुष १९ २०७९
प्रमाणसहितअख्तियारमा उजुरी गर्नेलाई रौतामाई गाउँपालिकाले १० हजार पुरस्कार दिने

उपाहार न्यूज
उदयपुर पौष १९
उदयपुरको रौतामाई गाउँपालिकामा कुनै पनि किसिमको बेतिथि तथा विसंगतीको बिरुद्धमा प्रमाण पु¥याएर अख्तियारमा उजुरी गर्नेलाई १० हजार नगद सहित पुरस्कृत गर्ने गाउँपालिका अध्यक्ष बीरेन्द्र आलेमगरले घोषणा गर्नु भएको छ ।
रौतामाई गाउँपालिकाको बिरुद्धमा अख्तियारमा बेनामे उजुरीको चाङ रहेकाले अध्यक्ष मगरले बेनामे हैन नामै उल्लेख गरेर उजुरी गर्न आग्रह गर्दै यदि प्रमाण पु¥याएर उजुरी गरेको खण्डमा नगद सहित उजुरीकर्तालाई पुरस्कृत गर्ने घोषणा गर्नु भएको हो । रौतामाई गाउँपालिकाको आर्थिक बर्ष २०७९/०८० को पहिलो चौमासिक अवधिको सार्वजनिक सुनुवाई तथा अर्ध बार्षिक समिक्षा कार्यक्रममा बोल्दै उहाँले विभिन्न सामाजिक संजालहरुमा पालिकाको बिषयमा हुने टिक्का टिप्पणी आउने गरे पनि तथ्यगत ढंगबाट ल्याईदिन नागरिकहरुलाई आग्रह गर्नु भएको छ ।


उहाँले विगतमा पालिकामा के भयो के भएन त्यता तर्फ भन्दा पनि अब नागरिकहरुले स्थानिय सरकारलाई जिम्मेबार र जवाफदेहि बनाउनका लागि आफ्नो ठाउँबाट लाग्नका लागि आग्रह गर्नु भयो ।
अध्यक्ष मगरले आफुहरु जनता प्रति जिम्मेबार रहेकाले सार्वजनिक सुनुवाई जस्ता जो जनता संग प्रत्यक्ष संबन्ध राख्ने जनता र जनप्रतिनिधि विचको अन्तरसंवाद तथा रचनात्मक खबरदारी गर्ने जस्ता कार्यक्रमको सुरुवात गरेको बताउनु भयो । अध्यक्ष मगरले रौतामाईको विकास र समृद्धिको लागि जनप्रतिनिधि मात्रै नभएर सबैको हातेमालोबाट मात्रै संम्भव रहेकाले सबैलाई पालिकाको विकास र समृद्धिको लागि सहकार्य गर्नका लागि आग्रह गर्नु भयो । उहाँले पालिकाको विकासको लागि मुख्य तथा ग्रामिण सडक स्तरउन्नती, कृषिलाई व्यवसायीकरण, पर्यटन प्रबद्र्धन, शिक्षा र स्वास्थ्यमा उचित लगानी समेत गर्दै आएको बताउनु भएको छ ।
नेपाल सरकारको उज्यालो नेपाल अभियान अन्तर्गत अबको १८ महिना भित्रमा रौतामाई गाउँपालिकाको सबै घर घरमा बिजुली बत्ती विस्तार गरी सक्ने लक्ष्य राखिएको समे बताउनु भयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भुपेन्द्र बहादुर थापाले हिजो जनताको घरदैलोमा पुग्दै गर्दा आफुहरुले गाउँपालिकाको कुनै पनि बिषयलाई नलुकाई सार्वजनिक गर्ने प्रतिबद्धता बमोजिम आफुहरु अघि बढि रहेको बताउनु भयो । उहाँले पालिकाले गर्ने सम्पूर्ण बिषयहरुलाई सार्वजनिक रुपमा जनताको माझ राख्नका लागि कार्यपालिकाको निर्णयबाट सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको उहाँले बताउनु भयो । उपाध्यक्ष थापाले गाउँपालिकामा कर्मचारीबाट कुनै गल्ती कम्जोरी भए तत्काल उजुरी गर्नका लागि आग्रह गर्नु भयो उहाँले कर्मचारीबाट कमीकम्जोरी भए दण्ड जरिवाना समेत गर्ने तर कर्मचारीको मनोवल गिर्ने गरी कसैले पनि आरोप र आक्षेप नलगाउन आग्रह समेत गर्नु भयो । उहाँले रौतामाई गाउँपालिकाका नयाँ जनप्रतिनिधिहरु जनता प्रति जिम्मेबार र जवाफदेहि भएकाले सधै रचनात्मक खबरदारी गरी राख्नको लागि समेत आग्रह गर्नु भयो । कार्यक्रम बोल्दै प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद पौडेलले जनप्रतिनिधि र नागरिक विचको संवादलाई जारी राख्न यस्ता कार्यक्रम आगामी दिनमा समेत संचालन र्गे बताउनु भयो ।


सोमबार रौतामाई गाउँपालिकाको परिसरमा आयोजित कार्यक्रममा राष्ट्र र समाजको लागि योजना र कार्य पानस उदयपुरले तेस्रो पक्ष मुल्यांकनबाट प्राप्त प्रतिवेदन प्रस्तुती गरेको थियो । कार्यक्रममा रौतामाई गाउँपालिकाका बिषयगत शाखाहरु आर्थिक प्रशासन शाखा प्रमुख भुपध्वज रायामाझी, शिक्षा शाखा प्रमुख गोविन्द कार्की, प्राविधिक शाखा प्रमुख सन्तोस साह, स्वास्थ्य शाखा प्रमुख रामनारायण चौधरी, पशु शाखा प्रमुख चुडामणी थापा, कृषि शाखा प्रमुख भुवन सुवेदी तथा महिला तथा बालबालिका शाखा प्रमुख बविता परियारले हाल सम्मको प्रगति प्रतिवेदन प्रस्तुती तथा कार्यक्रममा उठेका प्रश्नको उत्तर दिनु भएको थियो । स्थानियको बाक्लो उपस्तिथी रहेको कार्यक्रममा स्थानिय नागरिकहरुले विभिन्न बिषयमा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई प्रश्न तथा सुझाब राखेका थिए ।

Last updated:2023 Jan 23 Monday 15:49:09

प्रतिक्रिया
सम्बन्धित समाचार