उपाहार न्यूज
उदयपुर असोज २६
त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्से स्थित कार्की किराना पसलमा अज्ञात समुहले आगजनी गरी पसलका संचालक पृति बहादुर कार्की माथि सांघातिक आक्रमण गरेका छन् । सोमबार राती करिब ११ बजेको समयमा अज्ञात समुहले पसलमा आगजनी गरेका थिए पसलमा आगालागी भए पछि बाहिर निस्कन खोज्दा आँखामा खोर्सानीको धुलो हाली उनी माथि कुटपिट गरेको पिडित कार्कीले बताए ।
तीन देखि चार जनाको समुहमा आएका अज्ञात समुहले आफ्नो आँखामा खुर्सानीको धुलो हाले पछि आफु मुर्छा परेको र छोरीलाई उठाउदाँ सो समुह उक्त स्थानबाट फरार भएका थिए । कार्कीको पसलमा आगालागी हुदाँ विक्रिको लागि राखिएको खाद्यन्न सामाग्री पूर्णरुपमा जलेर नष्ट भएको छ । आगजनीबाट लत्ता कपडा, खाद्यन्न सामाग्री, नगद, मोटरसाईकल गरी एक करोड बराबरको क्षती व्यहोर्नु परेको व्यवसायी कार्कीले बताए ।
यसै विच घटनाको बिषयलाई लिएर त्रियुगा उद्योग वाणिज्य संघले विज्ञप्ती जारी गर्दै घटनामा संलग्न दोषीको खोजी गरी हदै सम्मको कार्वाहि गरी पिडित व्यवसायी कार्कीलाई क्षतिपूर्ति दिलाउन माग गरेको छ । उद्योग वाणिज्य संघका महासचिव दिनेश कुमार श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तीमा व्यवसायीलाई सुरक्षित साथ व्यवसाय संचालनका लागि सुरक्षाको ग्यारेण्टि गर्नका लागि स्थानिय प्रशासन समक्ष जोडदार माग समेत गरेको छ ।
