Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुर २ मा एमालेमा हेरफेर श्रेष्ठको ठाउँमा रायामाझी

  • उपहार न्यूज
  • शनिबार, असोज २२ २०७९
उदयपुर २ मा एमालेमा हेरफेर श्रेष्ठको ठाउँमा रायामाझी

उपाहार न्यूज
उदयपुर असोज २२
आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि नेकपा एमालेको तर्फबाट उदयपुर क्षेत्र नम्बर २ को लागि एमालेले अमर रायामाझीलाई उम्मेदवार टुंग्याएको खबर आएको छ । एमालेको माथिल्लो कमिटिले उदयपुर क्षेत्र नम्बर २ को लागि कटारी नगरपालिकाका पूर्व नगर प्रमुख तथा गत निर्वाचनमा नगर प्रमुखका प्रत्यासी ज्ञानेन्द्र श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय बाहिर सार्वजनिक भएको थियो ।
शनिवार बिहानै देखि सामाजिक संजाल देखि राजनैतिक वृतमा एमालेका श्रेष्ठ उदयपुर २ बाट उम्मेदवार बनेको चर्चा चले पनि अन्तत उदयपुर २ मा अमर रायमाझीले टिकट प्राप्त गरेको एमाले स्रोतले जानकारी दिएको छ । उदयपुर १ मा मञ्जु चौधरी र २ मा अमर रायमाझीले टिकट प्राप्त गरेको स्रोतको दाबी छ, यता एमाले जिल्ला अध्यक्ष परमेश्वर घिमिरेले आफुले पनि क्षेत्र नम्ब २ का अमर रायमाझीले टिकट प्राप्त गरेको सुनेको तर पार्टीलाई कुनै आधिकारिक जानकारी प्राप्त नभएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार