Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

विद्यार्थी कुटपिट गर्ने शिक्षकलाई कार्वाहिको माग

  • उपहार न्यूज
  • आइतबार, असोज ९ २०७९
विद्यार्थी कुटपिट गर्ने शिक्षकलाई कार्वाहिको माग

सौरभ मगर
उदयपुर असोज ९
उदयपुरको रौतामाई गाउँपालिका वडा नम्बर ३ स्थित जनता माध्यमिक विद्यालय रसुवामा अध्यानरत कक्षा ९ का विद्यार्थी पुष्प बस्नेत माथि निर्घात कुटपिट गर्ने शिक्षकलाई कार्वाहिको माग राख्दै विभिन्न विद्यार्थी संगठनहरुले आईतबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।
विद्यालयका नेपाली शिक्षक विमानसिंह खड्काले कुटपिट गरेका थिए, शिक्षकको कुटपिटबाट घाईते भएका विद्यार्थीलाई उपचारको लागि न्यूरो हस्पिटल विराटनगर लगिएको छ । उपचाररत विद्यार्थीका अभिभावकलाई पिडकले लेनदेन तथा शक्तिको प्रयोग गरी गम्भीर बाल हनन तथा शिक्षण आचारसंहिता समेत उल्लघन गरेको भन्दै विद्यार्थी संगठनहरुले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई ज्ञापन पत्र बुझाएका हुन् ।
अनेरास्ववियू क्रान्तिकारी उदयपुरका अध्यक्ष सिताराम राउत, अनेरास्ववियू उदयपुरका अध्यक्ष भवन कटुवाल, अखिल क्रान्तिकारी उदयपुरका अध्यक्ष मनिष बराइलीद्धारा हस्ताक्षर सहितको ज्ञापन पत्र बुझाईएको हो ।
घटनामा संलग्न शिक्षक खड्कालाई बालबालिका सम्बन्धि ऐन २०७५ अनुसार कारवाही प्रक्रिया तत्काल अगाडि बढाएर विद्यालयमा विद्यार्थीहरु डर रहित वातवरणमा अध्ययन गर्न पाउने अधिकारको सुनिश्चितको लागि विद्यार्थी संगठनले जोडदार माग राखेका छन् ।
घटनापछि विद्यालय परिसरमा पिडित विद्यार्थीलाई सहयोग गर्नुको सट्टा पिडितलाई धम्क्याएर, फकाएर तथा प्रलोभनमा परी घटना सामसुम पार्न विद्यालय व्यवस्थापन समिति, प्रधानध्यापक अन्य शिक्षक तथा राजनैतिक व्यक्तिहरु लागेकाले घटनाको गम्भीरता बुझ्न विद्यार्थी संगठनहरुले माग राखेका छन् ।

Last updated:2022 Sep 25 Sunday 12:56:58

प्रतिक्रिया
सम्बन्धित समाचार