उपाहार न्यूज
उदयपुर भाद्र २०
तीन पांग्रे इरिक्सा अब देखि स्थानिय तहमानै दर्ता तथा नविकरण हुने भएको छ । सोमबार गाईघाटमा यातायात व्यवस्था तथा सञ्चार मन्त्रायलले प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७६ को बिषयमा अभिमुखीकरण गर्दै अब स्थानिय तहको मातहतमा ई रिक्साको दर्ता नविकरण र संचालनको जिम्मेबारी भएको जानकारी प्रस्तुत गरिएको थियो ।
यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय प्रदेश १ को आयोजनामा गोष्ठिको आयोजना गरि ई रिक्साको स्थानतरण र सवारी व्यवस्थापनको बिषयमा अन्तरक्रिया सम्पन्न भएको हो । प्रदेश नम्बर १ का यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्र घिमिरेको उपस्तिथीमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मन्त्रायले प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली २०७७, तीन पांग्रे सम्बन्धी कार्य विधि को बिषयमा जानकारी गराईएको थियो । कार्यक्रममा प्रदेश नम्बर १ ट्राफिक प्रहरी प्रमुख श्यामकुमार महतोले यातायात व्यवस्थापनमा देखिएका समस्या चुनौतीको बिषयमा प्रस्तुती राख्नु भएको थियो । कार्यक्रममा स्थानिय तहका जनप्रतिनिधि, यातायात व्यवसायी, पत्रकार लगायतको सहभागीता रहेको थियो ।