Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

फोटो पत्रकार महासंघमा देवराज

  • उपहार न्यूज
  • शनिबार, भाद्र १८ २०७९
फोटो पत्रकार महासंघमा देवराज

उपाहार न्यूज
उदयपुर भाद्र १८
फोटो पत्रकार महासंघ उदयपुर शाखाको शनिवार सम्पन्न दोस्रो जिल्ला अधिवेशनले देवराज राईको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसहमत चयन गरेको छ । उदयपुरको पर्यटकीय स्थल रौता पोखरीमा आयोजित महासंघको अधिवेशनले राईलाई अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा राकेश नेपाली, सचिवमा लक्ष्मी पोख्रेल, सह सचिवमा विक्रम राई कोषाध्यक्षमा पुजा राजधामी निर्वाचित भएका छन् । समितिको सदस्यहरुमा चेवाङ राई, चन्द्रकला ढकाल, तोशल राई, अरुण चौधरी र कमला राउत निर्वाचित भएका छन् ।
कार्यक्रममा रौतामाई गाउँपालिकाका प्रमुख बीरेन्द्र आलेमगर, उपाध्यक्ष भुपेन्द्र थापा, बरिष्ठ पत्रकार कौशल चेम्जोङ, पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का, वानका महासचिव नविन राई, पत्रकार महासंघका सल्लाहकार भोटराज राई लगायतको उपस्तिथी रहेको फोटो पत्रकार महासंघका निवर्तमान अध्यक्ष गजेन्द्र राईले बताए ।

 

Last updated:2022 Sep 03 Saturday 15:33:09

प्रतिक्रिया
सम्बन्धित समाचार