किरण प्रसाद ढुंगाना
देउरी भाद्र १२
मयुर बन क्षेत्रमा बिरुवा रोपेर महिल तिज बिशेष कार्यक्रमको उद्घाटन गर्दै त्रियुगा नगरपालिकाका नगर उपप्रमुख महेश्वरी राईले मयुर बन विभिन्न धार्मिक, सास्कृतिक सभ्यता पहिचानको प्रतीकको रुपमा रहेको बताउनु भयो ।
हरितालिका तिजको अबसरमा सरस्वती सामुदायिक वन उपभोक्ता समितिले त्रियुगा नगरपालिका वडा न ५ स्थित मयुर बन क्षेत्रमा महिला शशक्तिकरणका लागि सामुदायिक वनको भुमिका विषयक एक कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम लाई सम्बोधन गर्दै उप प्रमुख राईले मयुर बनमा हिन्दुहरुका नाग देवता,नाग पोखरी , शिबको मुर्ती, किराँत सभ्यता चित्रण गर्ने सन्सारकै ठुला तीन चुला, साकेला थान, मयुरको प्रतिमा आदि रहेका छन । बनले पर्यटकलाई मात्र आकर्षण गर्दैन यसले सभ्यता कायम राख्न समेत मद्दत गर्ने बताउनु भयो। उहाले यस मयुर बन क्षेत्रका महिलाहरु जागरुक रहेको उनिहरुलाई बन क्षेत्रबाट रहेका पातको टपरी, बासका सामग्रीलगायत सिपमुलक तालिम दिन सके मयुर बन हेर्न आउने पर्यटकले कोशेलीको रुपमा सामग्री खरिद गर्ने र यस्ता कार्यबाट महिलाहरुको पनि जिबिकोपार्जन भैइ थप शशक्तिकरण हुने बताउनु भयो । उहाले महिलाहरुलाई सिपमुलक तालिम दिन,मयुर बन पर्यटकीय क्षेत्र बिकाश गर्न विभिन्न धार्मिक, सास्कृतिक सभ्यता बचाउन नगरपालिकाले सहकार्य गर्ने समेत बताउनु भयो ।

कार्यक्रममा डिभिजन बन कार्यलयका सहायक बन अधिकृत जागेश्वर साहले सरस्वती सामुदायिक बन बिगत ८ बर्षको अन्तरालमा पर्यटकिय बिकासको लागि लागि रहेको जस्ले गर्दा जिल्लामै उत्कृष्ट सामुदायिक बनको पहिचान समेत बनाउन सफल भएको छ । मयुर बनलाई पर्यटकिय क्षेत्र बिकास गर्न डिपिआर गरि ठूलो बजेटको आबस्यता रहेको छ । एस प्रती नगरपालिका, प्रदेश, संघ सबै सरकारको ध्यानाकर्षण गर्न जरुरी रहेको समेत बताउनु भयो । कार्यक्रममा राजनितिक दलका प्रतिनिधिको तर्फबाट सुभकामना मन्तब्य दिदै नेपाली काङ्ग्रेस वडा न ५ का सभापती गणेश खड्काले अहिले मयुर मन हेर्नको लागि नजिकैको छिमेकी जिल्ला सिरहा, सप्तरी, धनुषा, महोत्तरीबाट पर्यटकहरु आउन थालेका छन । मयुर बन नजिकैको अग्लो डाडाबाट त्रीयुगा नगरपालिकाको सबै क्षेत्र अबलोकन गर्न सकिने छ। यस क्षेत्र त्रीयुगा नगरपालिकाकै उत्कृष्ट पर्यटकिय क्षेत्र बन्न सक्ने सम्भावना रहेकोले बन क्षेत्रको बिकासको लागि सबैको सहयोगको खाचो रहेको छ खड्काले बताउनु भयो।

कार्यक्रममा आभासाका रास्ट्रीय अभियन्ता तथा महिला अधिकारकर्मी नजबुल खान, संचारकर्मी भोटराज राई, भजन कृतन समुहका महिला नेतृ गिता बोहोरा, सम्झना पौड्याल लगायतले सुभकामना मन्तब्य राख्नु भएको थियो । बन क्षेत्रमा प्रसस्तै मात्रामा बहुमुल्य रुखहरु जस्तै बिजय साल, सत्तिसाल, अभ्रक साल लगायतका बिरुवाहरु लगाईएको र बन उपभोक्ता समितिले बन संरक्षण, महिला ससक्तिकरण, लागू औषध न्युनिकरण, गरि खानेलगायतका विभिन्न अभियानहरु सन्चालन गर्दै आईरहेको सरस्वती वन उपभोक्ता समितिका अध्यक्ष दिपक बान्तवाले जानकारी दिनु भयो ।