Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

डा. खड्काको पहलमा त्रियुगा माविलाई विद्यालय बस प्राप्त (फोटो फिचर सहित)

  • उपहार न्यूज
  • मंगलबार, असार २१ २०७९
डा. खड्काको पहलमा त्रियुगा माविलाई विद्यालय बस प्राप्त (फोटो फिचर सहित)

सौरभ मगर
उदयपुर असार २१
नेपाल सरकारका पराष्ट्रमन्त्री उदयपुर प्रतिनिधि सभा १ सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. नारायण खड्काको विशेष पहलमा त्रियुगा माध्यमिक विद्यालयलाई विद्यालय बस हस्ताणतरन गरिएको छ । भारतीय राजदुतावास संग मन्त्री डा. खड्काले विशेष पहलमा विद्यालय बस त्रियुगा माध्यमिक विद्यालयलाई हस्ताणतरन गरिएको हो । बस हस्ताणतरन कार्यक्रममा बोल्दै मन्त्री डा. खड्काले आर्थिक विकासको मुल जग भनेकै शिक्षा रहेकाले शिक्षा क्षेत्रमा लगानी गर्नु पर्ने आवश्यक्ता रहेको औल्याउनु भयो ।


शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकास भए गुणस्तरीय शिक्षा हासिल गर्न सकिने उहाँको भनाई रहेका थियो । उहाँले त्रियुगा जनता बहुमुखी क्याम्पस, त्रियुगा १० स्थित बालमन्दिर मावि, हडिया, बेल्टार, बसाह लगायत दर्जन बढि स्थानमा भारतीय दुतावासको विशेष सहयोगमा भवनहरु निर्माण गरिएको बताउनु भयो ।
उहाँले गरिबका छोराछोरीहरुले गुणस्तरीय शिक्षा हासिल गर्न पाउनु नैसर्घिक अधिकार भएकाले आफुले सक्ने सहयोग पु¥याउदै आएको बताउनु भयो । डा. खड्काले आफु जनप्रतिनिधिमा निर्वाचित हुदा होस या नहुदाँ सधै उदयपुरको विकासको लागि विभिन्न योजनाहरु कार्यान्वयन गरेको बताउनु भयो ।
डा. खड्काका्े पहलमा हाल त्रियुगा नदिको दुबै तर्फ करिब ९० किलोमिटर बाध करिब ७ अरबको लागतमा निर्माण भैरहेको छ । डा. खड्काले त्रियुगा नगरपालिका २ जोगिदहमा सगरमाथा विमानस्थल निर्माणधिन अबस्थामा रहेकाले त्यसले अब चाडै निर्माणकार्य सुरु भएर मुर्त रुप दिने बताउनु भयो । उहाँले सामाजिक संजाल तथा चोक चौतारामा विमानस्थल चुनावी नारा भएको भनी गरिने आलोचनालाई चुनौती दिदै भन्नु भयो विकासको काममा सबै जुट्ने हो खुट्टा तान्ने प्रवृत्ति रोकिनु पर्छ ।


विमानस्थल निर्माणको लागि आफुले गरेको प्रयासले अब चाडै पूर्णता पाउने बताउनु भयो । डा. खड्काले मोतिगडा फत्तेपुर हुदै रामपुर जोडिने सडक स्तरउन्नती तथा विभिन्न खोला खहरेहरुमा पुल निर्माणको लागि प्रधानमन्त्री शेर बहादुर देउवाको नेपाल भारत भ्रमणको क्रममा उक्त विषयले प्राथमिक्ता पाएको समेत जानकारी दिनु भयो ।


कार्यक्रममा त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राईले त्रियुगा माध्यमिक विद्यालयको पूर्ण विकासको लागि आफु लागि पर्ने बताउनु भयो । उहाँले मन्त्री डा. नारायण खड्काले त्रियुगा नगरपालिका क्षेत्रको विकासको लागि महत्वपूर्ण योग्दान पु¥याउनु भएकाले आगामी दिनमा पनि सहयोगको लागि आग्रह गर्नु भयो ।
त्रियुगा माविका पूर्व प्रअ बीरेन्द्रकुमार बस्नेतले स्थापनाकालमा ५ जना विद्यार्थीबाट सुरुवात गरिएको विद्यालय आज यो स्थान सम्म आईपुग्नु आफैमा ठूलो उपलब्धी रहेको बताउनु भयो ।

त्रियुगा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष सुमन्त कोइरालाले विद्यालयको विकासको लागि नगरपालिकाबाट सक्दो सहयोग गर्ने बताउदै संघ र प्रदेश सरकारले पनि अझ सहयोग गर्नु पर्ने बताउनु भयो । विद्यालयका प्रअ सुबास बिष्टले विद्यालयले चार वटा स्कुल बस संचालन गर्ने योजना रहेकाले आगामी दिनमा पनि सहयोगको माग गर्नु भयो । उहाँले विद्यालयमा अब छात्रवास समेत संचालन गर्ने लक्ष्य राखिएकोले छात्राबास निर्माणको लागि सहयोगको अपेक्षा गर्नु भयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पाण्डेले त्रियुगा माविलाई आफ्नो कार्यकालमा उत्कृष्ट नमुना माध्यमिक विद्यालयको रुपमा विकास गर्ने बताउनु भयो । उहाँले विद्यालयमा छात्राबास निर्माणको योजना रहेको बताउनु भयो अध्यक्ष पाण्डेले हेल्प डेक्सको स्थापना गरी विद्यालयको सेवा क्षेत्रलाई अझ गुणस्तर बृद्धि गर्ने बताउनु भयो ।

Last updated:2022 Jul 05 Tuesday 12:02:48

प्रतिक्रिया
सम्बन्धित समाचार