Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

जेठ २८ गते वेलकामा निःशुल्क स्वास्थ्य शिविर हुने

  • उपहार न्यूज
  • बिहिबार, जेष्ठ २६ २०७९
जेठ २८ गते वेलकामा निःशुल्क स्वास्थ्य शिविर हुने

उपाहार न्यूज
उदयपुर जेठ २६
स्थानिय नागरिकहरुलाई विशेषज्ञ सेवा सहितको स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले वेलका नगपालिकामा आगामी जेठ २८ गते निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । लाइन्स क्लब विराटनगर लगायतको सहयोगमा वेलका नगरपालिका स्वास्थ्य शाखाको सहकार्यमा विराट मेडिकल कलेजको प्राविधिक सहयोगमा स्वास्थ्य शिविरको आयोजना हुन लागेको वेलका नगरपालिका उदयपुरका प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौलाले जानकारी दिनु भयो ।
शिविरमा स्त्री रोग विशेषज्ञ, जनरल मेडिसिन, वाल रोग विशेषज्ञ, नाक काट घाटि लगायत विशेषज्ञ चिकित्सकले सेवा दिने नगर अस्पताल प्रमुख डा. विशाल राईले जानकारी दिनु भयो । शिविरमा चिकित्सकको सिफारिसमा निःशुल्क औषधि तथा ल्याब सेवा समेत प्रदान हुने डा. राईले जानकारी दिनु भयो ।

Last updated:2022 Jun 09 Thursday 10:56:54

प्रतिक्रिया
सम्बन्धित समाचार