उपाहार न्यूज
उदयपुर बैशाख ६
त्रियुगा उद्योग वाणिज्य संघले स्थानिय व्यवसायीहरुको लागि १० दिने ककरदाता शिक्षा तथा व्यवसायीक लेखा तालिम दिएको छ । त्रियुगा उद्योग वाणिज्य संघको आयोजना तथा सुनचादी व्यवसायी संघ उदयपुरको सहयोगमा आयोजित तालिमको सहजीकरण लेखा प्राविधिक मनिराज एसोसिएट्सले गरेको थियो ।
१० दिन सम्म संचालित तालिममा स्थानिय ४० बढि व्यवसायीहरुको सहभागीता रहेको त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश विश्वकर्माले जानकारी दिनु भयो । तालिममा १० दिन सम्म सहभागीहरुलाई करदाता शिक्षा तथा व्यवसायीक लेखन संबन्धिको तालिम दिईएको थियो । त्रियुगा उद्योग वाणिज्य संघको सभा हलमा आयोजित तालिमको सहजीकरण लेखा प्राविधिक मणिराज थापाले गर्नु भएको थियो ।
तालिमको समापनको क्रममा संस्थापक अध्यक्ष रत्न श्रेष्ठ, संघका पूर्व प्रथम उपाध्यक्ष भरतसिंह राई, बसन्तकुमार बस्नेत, केशव घिमिरे, पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का, सल्लाहकार भोटराज राई, सुनचादी व्यवसायी संघ प्रदेश नम्बर १ का उपाध्यक्ष चतुरनारायण चौधरीले सहभागीहरुलाई शुभकामना दिनु भएको थियो ।