उपहार न्यूज
उदयपुर फागुन १८
उदयपुरमा स्वस्थ्यका लागी खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नारका साथ त्रियुगा नगरपालीका अन्तर वडा सितोरियो कराते, तेक्वान्दो तथा बक्सिङ प्रतियोगिता २०७८ सम्पन्न भएको छ । मंगलबार ९१७ गते० जिल्लाको त्रियुगा नगरपालीका वडा नं १० स्थीत बालमन्दिर मा वि को प्रांगणमा त्रियुगा नगरपालीका नं १० कार्यालयको प्रायोजन तथा सितोरियो कराते, तेक्वान्दो र बक्सिङ टिमको आयोजनामा गरिएको प्रतियोगिता औपचारिक रुपमा सम्पन्न भएको हो । खेलको उत्घाटन उदयपुर त्रियुगा नगरपालीका १० का ओडा अध्यक्ष प्रकाशकुमार खड्काले गर्नुभएको थियो ।

कार्यक्रममा आसन ग्रहणको कार्यक्र साथसाथै व्याच वितरण गरिएको थियो । कार्यक्रममा उदयपुर डोजो सितोरियो कराँतेका प्रशिक्षक प्रकाशराम राई, अध्यक्ष प्रकाशकुमार खड्क लागाएतले स्वागत मन्तव्य राख्नु भएको थियो । स्वागत मन्यव्य राख्दै गर्दा अध्यक्ष खड्का भन्नुभयोे “यो खेल अनुसासिस हुनुको साथै स्वस्थ्यका लागी राम्रो हुनुका साथै साथिको संगतमा, जानी नजानी कुलतमा फस्ने, विभिन्न समाजमा नपच्ने खालका गतिविधि गर्नबाट बच्न महत्त्वपुर्ण भुमिका खेल्ने र खेलिरहेको छ ।”

खेलमा त्रियुगा नगरपालीका १० का ओडा अध्यक्ष प्रकाशकुमार खड्का, त्रियुगा नगरपालीका ९ का वडा अध्यक्ष धन बहादुर दनुवार, जिल्ला प्रहरी लगाएको उपस्थिति रहेको थियो । विहान ११ बात सुरु गरिएको खेल वेलुका ५ बजे सम्पन्न भएको आयोजक टिमले बताए ।

खेलमा पहिलो, द्धितिय र त्रितिय हुने खेलाडीहरुलाई प्रोसाहान स्वरुप मेडल र प्रमाण पत्र दिइएको थियो । तेस्तै तिन वटै खेलका उत्कृष्ट खेलाडीलाई ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार प्रदान गरिएको छ । गाइघाट, मोतिगडा र बगाहाका खेलाडीहरु सहभागी थिए ।

