Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

६० औं वार्षिक उत्सव तथा १८ औं अभिभावक दिवसको अवसरमा ६ जनालाइ अभिनन्दन

  • उपहार न्यूज
  • बुधबार, फाल्गुन ११ २०७८
६० औं वार्षिक उत्सव तथा १८ औं  अभिभावक दिवसको अवसरमा ६ जनालाइ अभिनन्दन

शंकर रिखाम मगर
मुर्कुची, फागुन(११।
उदयपुरको नमुना माध्यामिक विध्यालय मुर्कुची रौतामाइ,७ को ६० औं वार्षिक उत्सव तथा १८ औं अभिभावक दिवस विध्यालयकै आयोजनामा सम्पन्न गरेकोछ ।वार्षिक उत्सव तथा अभिभावक दिवसमा विध्यालय व्यवस्थापन समितिका अध्यक्ष फुलकुमारी आले मगरको सभापतित्वमा सन्चालन गरिएकोथियो भने प्रमुख अतिथी प्रदेश नन्वर १ का प्रदेशसभा सदस्य माननीय नारायण वुर्जा मगर रहेकोथियो भने विशेष अतिथिमा त्रीयुगा नगर पालिका १६ का वडाध्यक्ष तथा त्रीयुगा नगरपालिकाका सामाजिक विकास शाखाका संयोजक मानवहादुर राइ रहेकोथियो । उक्त वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथी तथा विशेष अतिथिहरुले उद्घाटन गरेकाथिए ।

कार्यक्रममा अतिथिहरुलाइ विध्यालयका प्राचर्य खड्गवहादुर थापा मगरले सम्पुर्ण अमन्त्रीत अभिभावक, अतिथी तथा सम्पुर्ण उपस्थितिहरुलाइ स्वागतको क्रममा ूविध्यालयले सहयोग दिन सक्दैन तर लिन सक्छ, किनकी विध्यालयले वाल वालिकाहरुलाइ ज्ञान दिने मन्दिर भएकोले मात्र ज्ञान दिन सक्छू भन्दै स्वागत गरेकाथिए । वार्षिक उत्सव तथा अभिभावक दिवसमा विध्यालयका शिक्षक मिनवहादुर मगर, पुर्व शिक्षक हाल नमूना मावी खाटडाडा भलायाडाडाका प्राचर्य देविवहादुर राइ, विध्यालयका संस्थापक भुपध्वज खड्का, विध्यालयका संस्थापक नरेन्द्रवहादुर राना, त्रीशक्ती सामुदायिक वनका अध्यक्ष राजन कटुवाल, विध्यालयका पुर्व विधार्थी तथा स्काउट समूहका नेतृत्वगर्ने साथै लगनशिल र उत्कृष्ट छात्रा सृष्टि दाहालगरी जम्मा ६ जना अभिनन्दित भएकाथिए भने अभिनन्दित भएका दाहाललाइ नगद ३ हजार रुपैयाँ पुरस्कार स्वरुप विद्यालयले प्रदान गरेकोथियो ।

उक्त उत्सव तथा दिवसमा भौतिक तर्फको प्रतिवेदन शिक्षक प्रकाश कोइरालाले प्रस्तुत गरेकाथिए भने शैक्षिक प्रतिवेदन शिक्षक राजेन्द्र पौडेलले प्रस्तुत प्रस्तुतिको क्रममा उदयपुरगढी गाउँपालिका,७ र ८ वडावाट त्रीयुगा नगरपालिकाका ,७ र १६ वडावाट र रौतामाइ गाउँपालिका गरि तीन पालिकावाट अध्ययन गर्ने विध्यार्थिहरु पढ्नको लागि आउने गरेको प्रतिवेदनमा प्रस्तुत गर्दै हाल ८ सय १५ जना विथार्थी पठन पाठनमा रहेको प्रतिवेदनमा प्रस्तुत गरेकाथिए ।
त्यसैगरी आर्थिक तर्फको प्रतिवेदन लेखापाल विदुरवहादुर खत्रीले प्रस्तुत गरेकोथियो प्रस्तुत गर्ने क्रममा आ।व।२०७७र०७८ असार मसान्त सम्मको आम्दानी १ करोड ७८ लाख ३ सय १ रुपैयाँ ५४ पैसा रहेकोथियो भने १ करोड ४३ लाख ३२ हजार ६ सय ३७ रुपैयाँ ३४ पैसा खर्च भइ ३४ लाख ६७ हजार ६ सय ६४ रुपैयाँ २० पैसा लागानी सहित वचत तर्फ रहेको प्रतिवेदमा प्रस्तुत गरेकोथियो । हाल २०७८ माघ महिना सम्मको आम्दानी तर्फ १ करोड ३३ लाख ३७ हजार ५ सय ९९ रुपैयाँ १२ पैसा रहेकोथियो भने खर्च तर्फ ९२ लाख ९२ हजार २ सय ७४ रुपैयाँ १२ पैसा भएको प्रस्तुती गर्दै बैंक मौज्दात २७ लाख ९५ हजार ३ सय २५ रुपैयाँ र शिक्षक कर्मचारी तर्फ १२ लाख ५० हजार ॠण लगानिमा रहेको गरि हाल मौज्दात जम्मा ४० लाख ४५ हजार ३ सय २५ रकम रहेको लेखापाल खत्रीले प्रतिवेनमा प्रस्तुत गरेकाथिए ।

कार्यक्रममा विशेष अतिथी मानवहादुर राई यो विध्यालयले जस्तै नमुनाको रुपमा शिक्षा क्षेत्रमा सुधारगर्दै अरु विध्यालयले पनि शिक्षा क्षेत्रमा सुधार गर्दै लाने हो भने नेपालकै मुहार फेर्न सक्ने विस्वास लिएको वताए । वार्षिक उत्सव तथा अभिभावक दिवसमा प्रमुख अतिथी माननीय नारयण विर्जा मगरले ूनमूना विध्यालय अगाडिनै घोषणा हुनु पर्ने तर पछि भएको रहेछू मन्तव्यको क्रममा वोल्दै विध्यालयलाइ थप सहयोग, योगदान र योजनाहरु ल्याउनु परेमा विध्यालयसंग सुनसुकै अवस्थामा पनि हातेमालो गर्ने प्रतिवद्धता जाहेर गरेकाछन । कार्यक्रम समापन अध्यक्ष फुलकुमारी आले मगरले समापन गरेकाथिए ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

 

Last updated:2022 Feb 23 Wednesday 13:31:26

प्रतिक्रिया
सम्बन्धित समाचार