Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

चर्चित कलाकार एवं वरिष्ठ लोक गायक जयनन्द लामाको निधन

  • उपहार न्यूज
  • बुधबार, फाल्गुन ११ २०७८
चर्चित कलाकार एवं वरिष्ठ  लोक गायक जयनन्द लामाको निधन

उपहार न्यूज

काठमाडौं, फागुन ११। वरिष्ठ लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ। उनको भक्तपुरस्थित कौशलटारमा मंगलवार राति निधन भएको हो।

राति एक भोजमा सहभागी भएर घर फर्किएका लामा गाडीबाट झर्ने बेला लडेका थिए। कलाकार मरिचना श्रेष्ठ ‘बल्छी ध्रुवे’का अनुसार गेटमा लडेर खुट्टा भित्र र टाउको बाहिर भई लडिरहेको अवस्थामा बिहान दुध ल्याउने मान्छेले देखेका थिए। त्यसपछि दुध ल्याउने मान्छेले घरका सदस्यलाई खबर गरेका थिए।

लामालाई श्रद्धाञ्जलिका लागि आज दिउँसो कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा राखी आजै अन्त्येष्टि गरिने कलाकार श्रेष्ठले जानकारी दिए। सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका(२ धार्पाका लामा दर्जनौं लोकप्रिय गोक गीत संकलन तथा गाएका छन्।

उनको स्वरमा कलकते काइँयो‚ चुँइचुँइ चुइकिने जुत्तालगायतका लोकप्रिय गीत रहेको छ। ​साथै‚ दर्जनौं नेपाली चलचित्रमासमेत अभिनय गरेका छन्। ७० वर्षीय स्वर्गीय लामाका दुई छोरा र श्रीमती छन्।

Last updated:2022 Feb 23 Wednesday 03:36:14

प्रतिक्रिया
सम्बन्धित समाचार