Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

आजबाट त्रियुगा नगरपालिका भित्रका विधालयहरु सञ्चालन हुदै

  • उपहार न्यूज
  • सोमबार, माघ १७ २०७८
आजबाट त्रियुगा नगरपालिका भित्रका विधालयहरु सञ्चालन हुदै
?????????????????????????????????????????????????????????

उपहार न्यूज
उदयपुर, माघ १७
आजबाट उदयपुरको त्रियुगा नगरपालिका स्थितका विधालयहरु सञ्चालन गरिएको छ । कोरोना भाईरसका कारण माघ २ गतेदेखि १५ गतेसम्म भौतिक रुपमा पठनपाठन स्थगन गरिएको विधालयहरु आज (सोमवार) बाट सञ्चालनमा आएको हो । त्रियुगा नगरपालिकामा आइतबार बसेको नगर प्रमुख स्तरीय बैठकले सोमबारदेखि सामुदायिक र संस्थागत विद्यालयहरुलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर भौतिक रुपमा पठन पाठन संचालन गर्न निर्णय गरेको हो ।

हाल कोरोना संक्रमण दर न्यून हुँदै गईरहेको परिस्थिति रहेकोले विद्यालयहरु संचालन गर्न निर्णय गरेको त्रियुगा नगर शिक्षा शाखा प्रमुख एक बहादुर राउतले बताए ।नगरमा कोरोना न्युन र विद्यार्थीहरुलाई खोपको व्यवस्था सँगै विद्यालयहरु संञ्चालनमा ल्याईने राउतले जनाए । त्रियुगा नगरपालिका अन्तर्गतका १२ हजार विद्यार्थीलाई कोरोना विरुद्धको दोस्रो डोज लगाउँदै छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार