Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरमा प्रदेश १ स्तरीय पुस्तकालय सम्मेलन सुरु

  • उपहार न्यूज
  • बुधबार, पुष २८ २०७८
उदयपुरमा प्रदेश १ स्तरीय पुस्तकालय सम्मेलन सुरु

उपाहार न्यूज
उदयपुर पौष २८
उदयपुरमा प्रदेश नम्बर १ स्तरीय सामुदायीक तथा सार्वजनिक पुस्तकालय सम्मेलन सुरु भएको छ । सवल समाजको आधार पुस्तकालयको विकास र विस्तार जीवनपर्यन्त शिक्षाका लागि एक स्थनिय तह एक नमुना पुस्तकालय हाम्रो अभियान भन्ने नारा सहित पुस्तकालय सम्मेलन सुरु भएको हो ।
संगम सामुदायीक पुस्तकालयको आयोजनामा सुरु भएको सम्मेलनको एक कार्यक्रमका विच प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जयराम यादवले उद्घाटन गर्नु भयो । प्रदेश नम्बर १ का सबै पालिकाहरुमा पुस्तकालय स्थापना गर्ने र पठन सस्कृतिको विकास गर्ने लक्ष्यका साथ पुस्तकालय सम्मेलन सुरु गरिएको हो । पुस्तकालय सम्मेलनको उद्घाटनमा प्रदेश सभा सदस्य अम्बिका थापा, जिल्ला समन्वय समितिका प्रमुख खड्ग परियार, रौतामाई गाउँपालिका प्रमुख गजेन्द्र राई ताप्ली गाउपालिका प्रमुख उद्धबसिंह थापा, उप प्रमुख कमलमाया राई, त्रियुगा नगरपालिकाका उपप्रमुख देवी चौधरी लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । रिड नेपाल तथा प्रदेश १ बाट सम्मेलनमा सहभागी पुस्तकालयहरको सहकार्यमा सुरु भएको कार्यक्रमलाई उदयपुरका आठ वटै स्थानिय तहहरुले सहयोग गरेको संगम सामुदायीक पुस्तकालयका अध्यक्ष भरत खड्काले बताउनु भयो । दुई दिन सम्म संचालन हुने सम्मेलनमा प्रदेश नम्बर १ को ताप्लेजुङ, तेह्रथुम, पाँचथर, झापा, मोरङ, सुनसरी, धनकुटा, इलाम, संखुवासभा, खोटाङबाट प्रतिनिधिहरुको सहभागीता रहेको संगम सामुदायीक पुस्तकालयका उपाध्यक्ष टंक गुरागाईले जानकारी दिनु भयो । सम्मेलनले उदयपुर घोषणा पत्र सार्वजनिक संगै प्रदेश नम्बर १ स्तरीय समिति समेत गठन गर्ने छ । पछिल्लो पुस्ताहरुमा पुस्तकालय प्रतिको मोह घट्दो अबस्थामा रहेको समयमा पुस्तकालयलाई व्यक्तिगत जीवन संग अपरिहार्य बनाउदै पठन संस्कृतिको विकास गर्दै पुस्तकालयको सबद्र्धन गर्नका लागि सम्मेलन आयोजना गरिएको आयोजक संगम पुस्ताकालयका अध्यक्ष भरत खड्काले जानकारी दिनु भयो । आजको समाजमा पुस्तकालयमा भन्दा भट्टी पसलमा भिड बढ्न थालेकाले समाज कता तर्फ जार्दै छ त्यस तर्फ सरोकारवालाहरुले गम्भीर भएर सोच्नु पर्ने अबस्था आएको अध्यक्ष खड्काले बताउनु भयो । पुस्तकालयको विकासका लागि स्थानिय तहले पनि महत्वका साथ सहयोग गर्नु पर्ने माग आफुहरुको रहेको अध्यक्ष खड्काले बताउनु भयो ।

Last updated:2022 Jan 12 Wednesday 09:21:08

प्रतिक्रिया
सम्बन्धित समाचार