विश्वराज तामाङ
उदयपुर श्रावण २७
उदयपुरको चौदण्डिगढि नगरपालिका वडा नम्बर ६ र ७ ले स्थानिय बालबालिकाहरुलाई निःशुल्क शैक्षिक सामाग्री वितरण अभियान प्रभावकारी बन्दै गएको छ । सरकारले सामुदायीक विद्यालयमा भर्ना हुने बालबालिकालाई निःशुल्क शिक्षा अभियानलाई प्रभावकारी बनाउनका लागि स्थानिय तहबाट पनि आवश्यक सहयोग पु¥याउन निःशुल्क शैक्षिक सामाग्री वितरणको अभियान सुरु गरेको थियो ।
चौदण्डिगढि नगरपालिका वडा नं. ७ ले जनप्रतिनिधि निर्वाचित भएको पहिलो बर्ष देखिनै सामुदायीक विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क कपी, डटपेन, पेन्सील, टाई तथा बेल्ट वितरण गर्दै आएको वडा अध्यक्ष तेजराज तिम्सिनाले जानकारी दिनु भयो ।

चौदण्डिगढिको वडा नं. ७ मा रहेको दुई आधारभुत विद्यालयमा अध्यानरत तीन सय बढि बालबालिकाहरु लाई वडाले जनप्रतिनिधि निर्वाचित भएको पहिलो बर्ष देखिनै शैक्षिक सामाग्री वितरण गरिरहरको छ । वडा कार्यालयलबाट निःशुल्क शैक्षिक सामाग्री उपलब्ध भए पछि स्थानिय अभिभावक र विद्यार्थीहरु समेत खुसी छन् । वडा नम्बर ७ ले बार्षिक रुपमा तीन लाख बराबरको बजेटबाट पाठ्य पुस्तक बाहेकका विद्यार्थीलाई आवश्यक सामाग्री विद्यालयलाई हस्ताणतरन गर्ने गर्छ, विद्यार्थीको कपि,डट, पेन्सील लगायतका सामाग्री सकिए विद्यालयका शिक्षकहरुले उपलब्ध गराउनु हुन्छ वडाध्यक्ष तिम्सिनाले बताउनु भयो । यता चौदण्डिगढि नगरपालिका वडा नम्बर ६ ले पनि विगत ३ बर्ष देखि विद्यार्थीहरुका लागि निःशुल्क शैक्षिक सामाग्री उपलब्ध गराउदै आएको छ । ज्योती मावि बेल्टार, कालिका मावि सिर्वानीमा गरी १३ सय बढि कक्षा १ देखि १२ सम्म अध्यारत विद्यार्थीहरुलाई निःशुल्क शैक्षिक सामाग्री उपलब्ध गराईरहेको वडा अध्यक्ष कमलध्वज राईले जानकारी दिनु भयो ।

शिक्षा, स्वास्थ्य र खानेपानीलाई उच्च प्राथमिक्तामा राखेर जनप्रतिनिधि निर्वाचित भएको पहिलो अवधि देखि काम गरिरहेका छौ तीन बर्ष देखि नियमित विद्यार्थीहरुलाई वडा कार्यालय मार्फत शैक्षिक सामाग्री उपलब्ध गराउदै आएको अभियान प्रभावकारी भएको वडाअध्यक्ष राईले बताउनु भयो ।
वडा कार्यालयले बार्षिक चार लाख रुपैयाको हारहारीमा बालबालिकाको शैक्षिक सामाग्री खरिद गर्ने गरेका छौ, बालबालिकाले प्रयोग गरेको कपी सबै प्रयोग भैसके पछि वडा कार्यालयले चेक जाँच गरेर आवश्यक्ता अनुसार सामाग्री वितरण गरेको वडाले जनाएको छ ।

शिक्षामा पहुच विस्तार गर्नका लागि महिला तथा दलितको न्यायलयमा पहुच भन्ने नाराका साथ महिला तथा दलित समुदायका युवाहरुले कानुन बिषय पढ्न चाहे वडाले ५० प्रतिशत छात्रवृत्ति समेत उपलब्ध गराउदै आएको वडाले जनाएको छ ।
चौदण्डिगढि नगरपालिकाको वडा नम्बर ६ र ७ ले विद्यार्थीहरुको लागि निःशुल्क शैक्षिक सामाग्री वितरण गर्ने अभियानले शिक्षण सिकाईमा प्रभावकारी नतिजा ल्याउनुको साथै सामुदायीक विद्यालय प्रति आकर्षण समेत बढाएको छ ।