उपाहार न्यूज
उदयपुर असार १०
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कोभिड १९ का दोस्रो भेरियण्टबाट प्रभावित विभिन्न क्षेत्रमा सहयोग तथा सामाजिक अभियान संचालन यस बर्ष पनि निरन्तरता दिएको छ । । अघिल्लो बर्ष पनि सहारा नेपालले कोभिड १९ को संक्रमणबाट उत्पन्न समस्याबाट गुज्रेको समुदायलाई सहयोग पु¥याउनको लागि अभियान संचालन गरेको थियो ।
झापामा केन्द्रीय कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारि संस्थाले गत बर्ष आफ्नो कार्य क्षेत्रका विभिन्न स्थानिय तहहरुलाई राहत बितरण,क्वारेन्टाइन खाद्यान्न सहयोग,माक्स सेनिटाईजर बितरण र शेयर सदस्य सापटि अभियान संचालन गरेको थियो ।
सहारा नेपालले आफनो अगुवाईमा ३ दर्जन बढि सामाजिक संस्था हरुलाई गोलबन्द गरि एकका लागि एक अभियान संचालन गरेको थियो जुन अभियानले मोबाईल टोलि मार्फत चुल्हो नबल्ने,अलपत्र परेका नागरिकहरुलाई निशुल्क खाना बितरण ,क्वारेन्टाईनमा खाद्यान्न सहयोग र पि सि आर ल्याब संचालनमा गरेको थियो ।
सहाराकै अगुवाईमा संचालित झापाको कोटिहोममा कन्काई पि सि आर ल्याब सफलता पुर्वक संचालनमा आईरहेको छ । यस बर्ष सहारा नेपालले कोभिड संक्रमित शेयर सदस्य तथा परिवारलाई निशुल्क पोषण सामग्रि प्याकेज बितरण गरिरहेछ । पोषण बितरण अभियानले सहारा नेपाल कोभिड संक्रमित हरुको दुखमा सहारा बने संगै जनस्तरमा राम्रो प्रभाव रहेको छ । सहाराले आफना शेयर सदस्य तथा परिवार कोभिड पोजेटिभ भएमा कर्मचारिहरु घरैमा पुगि प्रति बिरामि तीन हजार बराबरको पौष्टि अहारा तथा औसधिहरु निसुल्क बितरण गर्ने गरिएको छ सहारा नेपालका अनुगमन अधिकृत महेश तामाङले जानकारी दिनु भयो ।

कोभिड १९ दोश्रो भेरियेन्ट द्वारा सृजित निसेधाज्ञालकडाउन मा कृषि क्षेत्रमा आश्रित सदस्यहरुलाई पोषण युक्त तरकारि आफै उत्पादन गरि स्वस्थ बन्न,कृषि पेशामा ब्यस्त भई शारिरिक र मानसिक रुपमा तन्दुरुस्त बन्न,सीप सिकि ब्यावसायिक बन्दै थप आय आर्जन गर्न सक्षम बनाउने उद्देश्यका साथ उदयपुरमा ५० थान टनेल बितरण गरिएको छ । लकडाउनको समयमा पनि भर्चुअल विधि बाट र टेलिफोन मार्फत कृषक हरुलाई तालिम प्रदान गरि शिप तथा परामर्श प्रदान गर्ने गरिएको छ ।
सहारा नेपालका कार्यकारि प्रमुख महेन्द्र कुमार गिरिको अगुवाईमा ३ दर्जन भन्दा बढि सामाजिक संस्थाहरुको संलग्नता रहेको एकका लागि एक अभियानले गत बर्स कन्काईमा पि सि आर ल्याब संचालनमा ल्याएको थियो यस बर्ष अक्सिजन बैक स्थापना गर्ने लक्ष्य लिएकोमा हाल ११०० भन्दा बढि अक्सिजन सिलिण्डर सप्लाइ गर्ने काममा एकका लागि एक अभियान सफल भएको छ ।
सहारा नेपालले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बेलका नगरपालिका स्थित रामपुरमा स्थापना हुन लागेको बेलका अक्सिजन प्लान्ट निर्माण समितिलाई ५१ हजार नगद हस्तान्तरण गरेको छ । बेलका नगरपालिकाको नगर सभाको आठौ अधिबेसनको पुर्व सन्ध्यामा नगर सभा हलमा एक समारोहका बिच सहारा नेपालका अनुगमन अधिकृत महेश तामाङले नगर प्रमुख तथा बेलका अक्सिजन प्लान्ट निर्माण समितिका अध्यक्ष दुर्गा कुमार थापा स्वस्तिक लाई ५१ हजारको को चेक हस्तान्तरण गर्नु भएको हो ।
सहारा नेपालको बिगत र हालको अवस्था बारे जानकारि गराउदै अनुगमन प्रमुखले बचत तथा ऋण कारोबार गर्ने सहकारी भएर पनि यसका अलावा सामाजिक संस्था भएको नाताले भबिष्यमा पनि शेयर सदस्य तथा समुदायको समृद्धि र दिगो ब्यावसायिक बिकास को लागि स्थानिय सरकार सग हातेमालो र साझेदारि गर्दै अघि बढने संस्थागत नीति रहेको बारे स्पष्ट पार्नु भयो ।
नगर प्रमुख दुर्गा कुमार थापाले सहारा नेपाललाई सहयोगको लागि विशेष धन्यबाद दिनु भएको कार्यक्रम सहाराका कर्मचारि टेक प्र अधिकारिको संचालन रहेको थियो । सहारा नेपाल रामपुर शाखा प्रमुख दिलिप गिरि,नगरपालिका प्रमुख प्रसासकिय अधिकृत अर्जुन निरौला,शाखा अधिकृत चेतनाथ गौतम लगायतका कर्मचारिको उपस्थिति रहेको थियो । सहारा नेपालले निकट भबिस्यमै उदयपुरको चौदण्डिगडि न पा र पाचथरको कुम्मायक गा पा को लागि पुर्व घोषित एम्बुलेन्स बितरण कार्यक्रम अन्तिम चरणमा पुगेको छ ।
एक लाख ५० हजार शेयर सदस्य भएको सहारा नेपाल सहकारी मध्ये सदस्यको आधारमा पहिलो र ११ अर्ब माथिको वासलात रहेको सहारा कारोबारको आधारमा देसकै दोश्रो ठुलो सहकारीको रुपमा रहेको छ, १ नम्बर प्रदेशको ११ जिल्लाको करिब पाच सय कर्मचारी आबद्ध रहेका छन् ।