Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

शिक्षामा लगानी गर्दै ताप्ली विद्यालयलाई प्रविधि उपलब्ध, छात्रालाई सेनिटरी प्याड वितरण गर्ने

  • उपहार न्यूज
  • सोमबार, असार ७ २०७८
शिक्षामा लगानी गर्दै ताप्ली विद्यालयलाई प्रविधि उपलब्ध, छात्रालाई सेनिटरी प्याड वितरण गर्ने

ठविन्द्र मगर
ताप्ली असार ७
उदयपुर ताप्ली गाउँपालिकाले गाउँपालिका क्षेत्रका आधारभुत विद्यालयहरुलाई बैकल्पीक सिकाई हजीकरणको लागि प्रविधि हस्ताणतरन गरेको छ । कोभिड १९ का कारण उत्पन्न परिस्तिथीलाई वैकल्पीक सिकाई सहजीकरणको लागि विद्यालयमा आधारित सामुदायीक अस्थायी सिकाई केन्द्रको अवधरणा अनुसार विद्यालयलाई प्रविधि हस्ताणतरन गरिएको हो ।
गाउँपालिकामा सिकाई केन्द्र विकास गरी फ्रि वाईफाई जोनको अवधरणा अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्र तथा ईन्टरनेटमामा उपलब्ध हुने छापा सामाग्री लगायत विभिन्न सिकाई सामाग्री विद्यार्थीहरुलाई वितरण गर्ने सिकाईमा अग्रसर गराउने अवधारणाका साथ प्रविधि हस्ताणरत गरिएको ताप्ली गाउँपालिका शिक्षा शाखा प्रमुख सन्जु दाहालले बताउनु भयो ।
ताप्ली गाउँपालिका शिक्षा समितिको निर्णय अनुसार गाउँपालिकाका विभिन्न ९ आधारभुत विद्यालयहरुलाई ल्यापटप, प्रिन्टर स्क्यान्र खरिद गरि उपलब्ध गराईएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले जानकारी दिनु भयो । एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष उद्धबसिंह थापा, उपाध्यक्ष कमलमाया राई लगायतको उपस्तिथीमा सामाग्री प्रदान गरिएको हो ।
शिक्षण सिकाईलाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने योजना अनुसार आगामी आर्थिक बर्ष भित्र ईन्टरनेट जडान समेतको लागि काम अघि बढाइएको पालिकाले जनाएको छ । पालिकाले कक्षा १–५ सम्म सञ्चालित विद्यालयहरुलाइ पनि सोही योजना अनुरुप सामाग्री वितरण गर्ने कार्यक्रम अनुसार ताप्ली गाउँपालिकाको शिक्षा समितिको पछिल्लो निर्णयानुसार सामाग्री खरिदको प्रक्रिया अगाडी बढाएको छ ।


यता गाउँपालिकाका छात्राहरुका लागि निःशुल्क सेनिटरी प्याड वितरण गर्नका लागि स्थानिय स्तरमानै सेनिटरी प्याड उत्पादन गर्ने काम अघि बढाईएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लामाले जानकारी दिनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार