Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरमा स्थानीय सरकारको प्रभावकारी पहलबाट घट्दै संक्रमित संख्या

  • उपहार न्यूज
  • सोमबार, असार ७ २०७८
उदयपुरमा स्थानीय सरकारको प्रभावकारी पहलबाट घट्दै संक्रमित संख्या

देबराज राई –
उदयपुर । पछिल्लो समय देशभर कोरोना संक्रमण बढ्दै गरेको बेला उदयपुरको उदयपुरगढी गाउँपालिकामा भने संख्या घट्दो छ । स्थानीय सरकारको पहलमा निरन्तर निगरानीका कारण पालिकाभित्र संक्रमित हुनेहरुको संख्यामा कमी आएको हो ।

पहिलो र दोस्रो लहरमा संक्रमणको जोखिम बढेसँगै पालिकाभित्रका नागरिकलाई लक्षित गरी एक सय सीट क्षमताको क्वारेन्टाईन सञ्चालनमा ल्याइएको पालिका उपाध्यक्ष सानु राउतले जानकारी दिइन् । बाहीरबाट आउनेहरुलाई नियमित निगरानी गर्दै क्वारेन्टीनमा राख्ने गरिएपछि रोकथाम प्रभावकारी भएको उपाध्यक्ष राउतको भनाई छ ।

पालिकाले आफ्नै पाँच शैयाको कोभिड अस्पताल समेत सञ्चालन गर्दै आएको छ । जहाँ पालिकाभित्र संक्रमितहरुलाई जुनसुकै अवस्थामा पनि भर्ना गराई अक्सीजनसहितको सेवा दिन सकिने व्यवस्था रहेको अध्यक्ष मानबहादुर केप्छाकी मगरले जानकारी दिए । त्यस्तै कोरोनाको सम्भाबित तेस्रो भेरियन्टलाई पनि लक्षित गरी आगामी बजेटको पूर्वतयारी समेत गरिएको छ ।

अहिले कसैलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए तत्काल एन्टीजेन परीक्षण गर्ने व्यवस्था पालिकाले गरेको छ । त्यस्तै नागरिकलाई कोभिड संक्रमणबा बचाउन पर्याप्त मात्रामा चेकजाँचको साधनसहित स्वास्थ्यकर्मीको टोली हरबखत तयारी अवस्थामा राखिएको अध्यक्ष मगरले बताए । विशेष गरी दूर्गम गाउँ घरमा संक्रमण फैलन नदिन पालिकाको हरेक ठाउँमा वडाध्यक्ष र सदस्यलगायतका जनप्रतिनिधिहरु स्वयं खटेर निगरानी गर्ने गरिएको छ ।

कोभिड अस्पताल र अक्सीजन प्लान्टका लागि सहयोग
उदयपुरगढीले आफ्नो पालिकाभित्र क्वारेन्टीन र कोभिड अस्पतालका लागि मात्र हैन अन्य पालिकामा भइरहेका कोभिड न्यूनीकरणार्थ निर्मित संरचनाहरुमा समेत सहयोग गरेको छ । केही समयअघि १ नम्बर प्रदेश सरकारको सहयोगमा निर्माण सुरु गरिएको उदयपुरस्थित चौदण्डीगढी नगरपालिकाको सातधारेमा उदयपुर कोभिड अस्पतालका लागि पनि १० लाख आर्थिक सहयोग गरेको छ ।

त्यस्तै उदयपुरकै बेलका नगरपालिकामा निर्माण हुदै गरेको अक्सीजन प्लान्टका लागि पनि पाँच लाख आर्थिक सहयोग उपलब्ध गराएको छ । सो पालिकामा पहिलो लहरमा सामान्य रहेपनि दोस्रो भेरियन्टको क्रममा भने तीन जनाले ज्यान गुमाएका थिए । त्यस्तै बिभिन्न वडाहरुमा गरी ४४ जना संक्रमित भएका थिए । तर, पछिल्लो समय पालिकाको पहलमा रुखा, खोकी, मर्गीजस्ता सामान्य समस्या देखिनेबित्तिकै चेकजाँच गरेर रिपोर्ट पोजेटिभ आए क्वारेन्टीनमा राख्न थालेसँगै संक्रमणदर लगभग शून्य नजिक पुगेको हो ।

Last updated:2021 Aug 01 Sunday 18:08:21

प्रतिक्रिया
सम्बन्धित समाचार