भास्कर चौधरी
बेल्टार असार ४
चौदण्डीगढी नगरपालिकामा नगर अस्पतालको भवन बन्ने भएको छ। नगर अस्पतालको भवन बन्ने भए संगै डिपिआरको लागी आज (शुक्रवार) बाट माटो परिक्षणको कार्य शूरु भएको हो।

नगर अस्पताल हुन १० देखी १५ कठ्ठा जग्गा अस्पतालकै चाहिने सरकारको प्रावधान अनुसार अस्पतालको आफनै १४ कठ्ठा १६ धुर जग्गा रहेकाले यहि जेष्ठ ३१ गते बसेको नगर बोर्डको बैठकले १५ बेडको नगर अस्पताल बनाउने निर्णय गरेको र सोहि अनुसार आज (शुक्रवार) बाट माटो परिक्षणको कार्य शूरु गरेको नगर अस्पतालका संरक्षक तथा नगर प्रमुख खगेन्द्र राईले बताए ।

नगर अस्पतालमा अकस्मात ल्याईएका बिरामिहरुको कोभिड १९ को लक्षण देखिएमा तत्काल स्वाव संकलन गरि उपचार गर्न पि.पि.ई.सेट लगाएर स्वाव संकलन गर्न कठिनाई भई जनताको उपचारमा समस्या देखिएकोले उतm समस्यालाई समाधानका लागि नगरपालिका र राष्ट्रिय आविष्कार केन्द्र किर्तिपुरको ५०/५० प्रतिशतको संयुतm लगानिमा उपलब्ध गराईएको पि.पि.ई.सेट नलगाएर नै स्वाव संकलन गर्न सकिने स्वाब संकलन बुथ पनि संचालनमा ल्याईएको प्रमुख राईले बताए । बेल्टार प्राथमिक स्वस्थ्य केन्द्रलाइ गत जेष्ठ १६ गते नै नगर अस्पतालमा रुपान्तरण गरि उदघाटन गरिएको थियो।
