Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

बेल्टारमा ढाका बुनाई र उद्घोषण तालिम समपन्न

  • उपहार न्यूज
  • बुधबार, असार २ २०७८
बेल्टारमा ढाका बुनाई र उद्घोषण तालिम समपन्न

भास्कर चौधरी
बेल्टार असार २
महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यका साथे तीन महिनाअघि बाट शुरु गरिएको ढाका बुनाई तालिम सम्पन्न भएको छ ।
गत माघ २५ मा शुरु गरिएको तालिमको आज (बुधबार) समापन गरिएको हो । उक्त तालिमको समापनसँगै सोही वडामा एक हप्तादेखि सञ्चालित उद्घोषण तालिमकोसमेत समापन गरिएको छ ।
चौदण्डीगढी नगरपालिका वडा नं. ७ मा संचालित तालिमलाई भूपू सैनिकको सभाहलमा नगर प्रमुख खगेन्द्र राई र वडाध्यक्ष तेजराज तिम्सिनाले समापन गरेका हुन् ।
कार्यक्रमका प्रमुख आतिथ्यको रुपमा रहेका नगर प्रमुख खगेन्द्र राईले पूर्खौली पेशाको रुपमा रहेको ढाँकाको लुगा अहिले पूर्वाञ्चल क्षेत्रमा बढी रुचाइएकोे बताए । महिला दिदी बहिनीहरुलाई आत्मनिर्भर बन्न सकून भन्ने उदेश्यले स्थानीय सरकारको हैसियत अनुसार सबै वडाहरुमा सीप मूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको प्रमुख राईले बताए ।
त्यसैगरी कार्यक्रममा वडाध्यक्ष तिम्सिनाले विशेषगरी वडामा रहेका महिलाहरुलाई उद्यमशिल बनाउँने उदेश्यले यो तालिमहरुलाई सञ्चालनमा ल्याईएको बताए ।
वडाको चालु आर्थिक वर्षको बजेट १ लाखबाट १३ जनालाई ढाँका बुनाई र ८० हजारले ३० जना महिलाहरुलाई उद्घोषण तालिम सञ्चालन गरिएको वडाध्यक्ष तिम्सिनाले जानकारी दिए ।
वडाको १३ वटा टोल विकास संस्थाबाट एक÷एक जनागरी १३ जनाले ढाँका बुनाई तालिम लिएका छन भने उद्घोषणमा ३० जना महिलाले सहभागिता जनाएको आयोजकले जानकारी दिए ।
यस्तै समापन कार्यक्रममा सामाजिक शाखाका अधिकृत सत्यनारायण हजदार, वडा सदस्यहरु गोपीमाया राई, उमा परियार, वडासचिव गुमानसिंह खड्का, महिला समाजसेवी निर्मला राई लागायतको उपस्थिी रहेको थियो ।
महिला सीप तथा क्षमता अभिवृद्धि तालिम समितिकी अध्यक्ष सिता राईको अध्यक्षतमा आयोजित उतm कार्यक्रम रोस्नी राई र रुकु राई कार्कीको सञ्चालनमा समापन भएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार