Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

ताप्लीमा १४ जनामा एन्टीजेन परिक्षण पोजेटिभ

  • उपहार न्यूज
  • बिहिबार, जेष्ठ २७ २०७८
ताप्लीमा १४ जनामा एन्टीजेन परिक्षण पोजेटिभ

ठविन्द्र मगर
ताप्ली जेठ २७
उदयपुरको ताप्ली गाउँपालिकामा आज गरिएको एन्टीजेन परिक्षणमा १४ जनामा कोरोना पोजेटिभ पाईएको छ । संक्रमणदर बढ्दै गए पछि गाउँपालिकाको वडा नम्बर ५ स्थित गैरीगाउँ, रामपुर, गहतेमा गरिएको ६१ जनाको परिक्षणमा १४ जनामा परिक्षण पोजेटिभ देखिएको हो ।
संक्रमण पोजेटिभ देखिएकालाई ताप्लीको कटहरे स्थित स्वास्थ्य चौकीमा निर्माण गरिएको आईसुलेसनमा राख्ने तयारी भैरहेको गाउँपालिकाका अध्यक्ष उद्धबसिंह थापाले जानकारी दिनु भयो । पालिका क्षेत्रमा संक्रमण बढ्दै गए पछि जेठ २८ गते देखि जेठ ३ गते सम्मलाई पालिका क्षेत्र शिल गरिएको र संक्रमण बढ्दै गएमा क्रमश निषेद्याज्ञालाई कडा पारिदै लगिने पालिकाले जनाएको छ ।

Last updated:2021 Jun 10 Thursday 14:34:27

प्रतिक्रिया
सम्बन्धित समाचार