Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

दाजु भाईले बाडे ४० घरलाई खाद्यन्न

  • उपहार न्यूज
  • बिहिबार, जेष्ठ २७ २०७८
दाजु भाईले बाडे ४० घरलाई खाद्यन्न

उपाहार न्यूज
उदयपुर जेठ २७
दाजु भाई समुहले उदयपुरको त्रियुगा नगरपालिका ११ का ४० घर परिवारलाई खाद्यन्न सामाग्री वितरण गरेको छ । खाद्यन्न सामाग्री वितरण अभियानको पाँचौ दिन त्रिनपा ११ का ४० घर परिवारलाई खाद्यन्न सामाग्री हस्ताणतरन गरिएको दाजु भाई समुहका नेपाल सदस्य सरोज श्रेष्ठले जानकारी दिए ।
राहात वितरणको पाचौ दिन सम्ममा युवाहरुले एक सय ८७ परिवारलाई राहात वितरण गरी सकेको जनाएको छ । श्रमको शिलसिलामा कतारमा रहेका युवाहरुले गठन गरेको दाजु भाई समुहलेal jaber company ko scaffolling group को सहयोगमा लकडाउनबाट खाद्यन्न संकट भोगिरहेको परिवारलाई सहयोग गरेको हो । दाजु भाई समुहले सरु गरेको अभियानमा समुहका नेपाल सदस्य राजकुमार घिमिरे संगै स्थानिय युवाहरु देवराज विक, भुवन विक, पर्शुराम श्रेष्ठ, तिलक विक, सुदिप श्रेष्ठ र हरि विकले स्वंमसेवकको रुपमा सहयोग गरिरहेको संस्थाले जनाएको छ । युवाहरुले त्रियुगा नगरपालिकाको वडा नम्बर १०, १२, १३ र १६ र चौदण्डिगढि नगरपालिकाको वडा नम्बर ६ का मा पनि गएर राहात वितरण गरेको जनाएको छ ।

Last updated:2021 Jun 10 Thursday 13:50:52

प्रतिक्रिया
सम्बन्धित समाचार