Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

निषेधाज्ञामा पसल खोल्ने भाटभटेनीलाई ४ लाख जरिवाना

  • उपहार न्यूज
  • मंगलबार, जेष्ठ २५ २०७८
निषेधाज्ञामा पसल खोल्ने भाटभटेनीलाई ४ लाख जरिवाना

काठमाडौं । निषेधाज्ञाको उल्लंघन गरेको आरोपमा भाटभटेनी डिपार्टमेन्टल स्टोरलाई ४ लाख रुपैयाँ जरिवाना तिराउने आदेश भएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले निषेधको आदेश उल्लंघन गरेर दिउँसो पसल खोल्ने भाटभटेनीको कोटेश्वर शाखालाई जरिवाना तिराउने आदेश दिएका हुन् ।

सरकारले केहीअघि जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ मा आदेश उल्लंघन भए प्रमुख जिल्ला अधिकारीले जरिवाना तिराउन सक्ने भनिएको थियो । त्यही प्रावधानअनुसार भाटभटेनीलाई जरिवाना तिराउने आदेश गरिएको सीडीओ पराजुलीले बताए । सोमबार दिउँसो काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी नेतृत्वको टोली छड्के जाँचका लागि कोटेश्वरस्थित भाटभटेनी पुगेको थियो । त्यसक्रममा दिउँसो पनि भाटभटेनीले सामान विक्री गर्ने गरेको पाइएको थियो ।

स्टोरबाट प्रहरीले म्यानेजर सागर गुरुङलाई पनि पक्राउ गरेको थियो । उनलाई हाल प्रहरी वृत्त, बानेश्वरमा राखिएको डीएसपी दक्षकुमार बस्नेतले बताए । प्रशासनले जेठ मसान्तसम्म लागू हुने गरी निषेधको आदेश जारी गरेको छ । खाद्य सामग्री पाइने पसलहरु बिहान ९ बजेसम्म मात्र खोल्न पाइने भनिएको छ ।

Last updated:2021 Jun 08 Tuesday 03:15:00

प्रतिक्रिया
सम्बन्धित समाचार