Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

दाजु भाई समुहले ४६घरलाई प्रदान गरे राहत सामाग्री

  • उपहार न्यूज
  • शनिबार, जेष्ठ २२ २०७८
दाजु भाई समुहले ४६घरलाई प्रदान गरे राहत सामाग्री

उपाहार न्यूज
उदयपुर जेठ २२
दाजु भाई समुहले उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १० र १६ का ४६ घर परिवारलाई खाद्यन्न सामाग्री वितरण गरेको छ । खाद्यन्न सामाग्री वितरण अभियानको चौथो दिन त्रिनपा १० नयाँ बस्तीका ३६ घर परिवारलाई खाद्यन्न सामाग्री हस्ताणतरन गरिएको दाजु भाई समुहका नेपाल सदस्य सरोज श्रेष्ठले जानकारी दिए ।
युवाहरुले त्रियुगा नगरपालिकाको वडा नम्बर १६ स्थित बेल्दोभानका १० घर परिवारलाई पनि राहात सामाग्री हस्ताणतरन गरेको छ । राहात वितरणको चौथो दिन सम्ममा युवाहरुले एक सय २७ परिवारलाई राहात वितरण गरी सकेको जनाएको छ । श्रमको शिलसिलामा कतारमा रहेका युवाहरुले गठन गरेको दाजु भाई समुहले al jaber company ko scaffolling group को सहयोगमा लकडाउनबाट खाद्यन्न संकट भोगिरहेको परिवारलाई सहयोग गरेको हो । दाजु भाई समुहले सरु गरेको अभियानमा समुहका नेपाल सदस्य राजकुमार घिमिरे संगै स्थानिय युवाहरु देवराज विक, भुवन विक, पर्शुराम श्रेष्ठ, तिलक विक, सुदिप श्रेष्ठ र हरि विकले स्वंमसेवकको रुपमा सहयोग गरिरहेको संस्थाले जनाएको छ ।

Last updated:2021 Jun 05 Saturday 16:01:08

प्रतिक्रिया
सम्बन्धित समाचार