Upahar News आइतबार, कार्तिक ९ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.

औषधि पसलमा किन यस्तो झेल, लागुऔषध मिसाउने कस्तो हो खेल

  • उपहार न्यूज
  • शुक्रबार, जेष्ठ २१ २०७८
औषधि पसलमा किन यस्तो झेल, लागुऔषध मिसाउने कस्तो हो खेल

उपाहार न्यूज
उदयपुर जेठ २१
बिहिबार उदयपुरमा औषधि व्यवस्था विभागले फार्मेसीहरुको अनुगमन ग¥यो, अनुगमनको क्रममा बेल्टार स्थित गोपिकृष्ण मेडिकलबाट औषधिमा नसालु पदार्थ मिसाएर विक्रि गरिएको पाए पछि पसल शिल गरिएको छ ।
स्थानिय बिरेन्द्र कुमार झाले संचालन गर्दै गरेको फार्मेसीमा औषधी सँगै नसालु लागुऔषध समेत मिसाएर बिक्रि वितरण गरेको भन्दै पसल सिल गरिएको हो । औषधि व्यवसायी संघका महासचिव समेत रहेका झा पसल अनगुमन समितिले शिल गरेर ५ दिन भित्र हाजिर हुन आउन पत्र दिएको छ ।
बिहीबार औषधि व्यवस्था विभाग बिराटनगरको टोलीले जिल्लाको पुर्वि क्षेत्र चौदण्डिगढी र बेलका नगरपालिकाका औषधि पसलमा छड्के चेकगर्दा यस्तो तथ्य फेला परेको हो ।झाले ट्रामाडोल, डिसाइक्लोमिन र प्रेगावालिन औषधि मिसाएर लागुऔषध बनाउने र सेवनकर्तालाई विक्रीवितरण गर्ने गरेको फेलापरेको उनले बताए ।
झालाई एक बर्षअघि पनि विभागले यही घटनामा पक्राउ गरी २५ दिन कार्वाही गरी छाडेको थियो । पुनः दोहोरिएकाले औषधि ऐन २०३५ अनुसार थप हदैसम्मको कार्वाही गरिने प्रमुख संबिज कटेलले बताए । टोलीले उनको फार्मेसी सिल गरी पाच दिन भित्र विभागमा हाजिर हुने गरी पत्राचार गरेकोछ । टोलीले बिहीबार नै विना इजाजत, तोकिएको जनशक्ति वेगर र मापदण्ड विपरित सञ्चालन गरिएका थप पाच वटा औषधि पसलमा सिल गरेको छ ।
डेढ दर्जन औषधि पसलमा गरिएको चेकमा ६ वटामा सिल गरिएको उनले बताए । त्यसक्रममा टोलीलाई देखेपछि पसल बन्द गरी फरार भएका तीन वटालाई प्रहरीमार्फत पत्र काटिएको कटेलले बताए । टोलीले तोकिएको जनशक्ति विना र नविकरण नगरी सञ्चालन गरिएको बेलका नगरपालिका ४ संजिवनी मेडिकल, सोही ठाउँमा विना दर्ता सञ्चालित यादव मेडिकल, ठाउसारी र जनशक्ति वेगर सञ्चालित सोही ठाउँको वारहा क्षेत्र फार्मेसीलाई सिल गरिएको छ ।

Last updated:2021 Jun 04 Friday 13:29:01

प्रतिक्रिया
सम्बन्धित समाचार