उपाहार न्यूज
उदयपुर जेठ २०
दाजु भाई समुहले आज बिहिबार उदयपुरका विभिन्न स्थानमा पुगेर खाद्यन्न सहयोग गरेको छ । दाजु भाई समुहका नेपाल प्रतिनिधि सरोज श्रेष्ठ र राजकुमार घिमिरेको नेतृत्वमा उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ९ का १० घर र त्रियुगा नगरपालिका १६ सुकौराका स्थानिय १५ घरलाई खाद्यन्न सहयोग गरेको हो ।
वैदेशिक रोजगारी शिलसिलामा कतारमा रहेका युवाहरुको समुह दाजु भाई समुहको सहयोगमा खाद्यन्न सहयोग गरिएको हो । बुधबार पनि त्रियुगा नगरपालिका १२ र बेल्टारमा पनि खाद्यन्न वितरण गरिएको थियो । शुक्रबार त्रियुगा नगरपालिका वडा नम्बर १६ बेलदोभानमा खाद्यन्न वितरण गर्ने कार्यक्रम रहेको समुहका सदस्य सरोज श्रेष्ठले जानकारी दिए । al jaber company ko scaffolling group को सहयोगमा राहत वितरण गरिएको हो । गाईघाटका स्थानिय युवा संजिब भट्टराईको संयोजकत्वमा कृष्ण अधिकारी, कमल वाग्ले, महेन्द् पाण्डे, राम ब मगर, अम्रित मगर, बिष्णु बहादुर राई (राकेस) र विष्णु घिमिरे सदस्य रहेको दाजु भाई समुह गठन गरेर दुई बर्ष अघि बाट युवाहरुले सामाजिक कार्यमा सहयोग पु¥याउदै आएको छ ।